काठमाडौैं । नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान गरेको मौकामा सबैको ध्यान त्यतैतिर केन्द्रित छ । भूटानी शरणार्थी प्रकरणका कारण प्रहरीको डीएसपीबाट एसपीमा गरिएको बढुवाको चलखेल भने ओझेलमा पारिएको छ ।
२२ डीएसपीलाई एसपी बढुवा गर्दा रुपेश खड्का, बासुदेव पाठक जस्ता युएन मिसनको परीक्षामा प्रश्नपत्र आउट गर्नेहरु पनि परेका छन् । विवादितहरुलाई बढुवा गर्दा ५० लाख रुपैयाँसम्मको लेनदेन भएको बिषय भूटानी शरणार्थी प्रकरणका कारण ओझेलमा पारिएको छ । सुरुमा विवादितहरुलाई बढुवा गर्ने पक्षमा गृहमन्त्री काजी थिएनन् । तर गृहमन्त्रालयकी छायाँ गृहमन्त्री भनेर चिनिने सुसन कर्माचार्यमार्फत् सेटिङपछि खड्का र पाठकहरु बढुवामा परेको चर्चा प्रहरीमा ब्याप्त छ ।
रुपेश खड्काको श्रीमती बिजया प्रसाई गृहमन्त्रालयको गु्नासो शाखाकी प्रमुख भएकाले उनले पूर्वजनमोर्चाका नेताहरुलाई भनेर बढुवा गराएको भन्ने गरिएको छ । बढुवामा नारायणकाजीका दाजु मानकाजी श्रेष्ठले समेत डिल गरेको स्रोत बताउँछ । प्रहरीका एसपी मात्र होइन, हरेक बढुवा सुसन कर्माचार्यले सबै डिल गर्ने र मन्त्रीको सचिवालयमा कार्यरतलाई सूची दिएपछि बढुवा समितिका अध्यक्षले पाउने गर्दछन् ।
त्यही सूची अनुसार बढुवा सिफारिस हुने गर्दछ । २०७८ साउन १५ र १६ मा भएको युएन मिसनको प्रिस्याटको प्रश्नपत्र चोरी भएको काण्डमा तत्कालीन युएन शाखाका रुपेश खड्का प्रत्यक्ष संलग्न थिए भने अर्का डीएसपी बासुदेव पाठकको समेत नाम मुछिएको थियो । तर तिनै खड्का र पाठक एसपी बढुवामा परेका छन् ।
युएन मिसनको प्रश्नपत्र चोरीमा संलग्न पाठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । अख्तियारका यसअघिका डीआईजी टेकप्रसाद तामाङले उनलाई आयोगमा सरुवामात्र गराएनन्, स्टीङ अप्रेसनको इन्चार्ज समेत बनाएका छन् । पाठक डीआईजी पाठकका साढुभाइ हुन्् । एसपी बढुवापछि पनि उनलाई अख्तियारमै पदस्थापन गरिएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend