Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • जन्मकैदको सजायँ भोगीरहेका रेशम चौधरी क्रान्तिकारी हुन् : बाबुराम भट्टराई


    बुधबार, जेष्ठ ३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी भएको बताएका छन् ।

    २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट–थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एकजना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई रेशम चौधरीले जन्मकैदको सजायँ भोगीरहेका छन् । उच्च अदालत दिपायलले सुनाएको जन्मकैदको सजायँलाई मंगलबार सर्वोच्च अदालतले पनि सदर गरेको छ ।

    पूर्वप्रधानमन्त्री भट्टराईले भने अदालतका न्यायाधीश र क्रान्तिकारीबीच अन्तरविरोध चलिरहने भन्दै रेशमलाई क्रान्तिकारीको संज्ञा दिएका हुन् ।

    ट्वीटरमा उनले लेखेका छन्, ‘अदालत र न्यायाधीशले पुराना/विद्यमान कानून, नजीर, सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन् । क्रान्तिकारीले पुरानो/विद्यमानसँग विद्रोह गरेर नयाँ/भविष्यमुखी सोंच/मान्यता/विधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन् । इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ । रेशम चौधरी क्रान्तिकारी हुन् । सलाम ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार