झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा सचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै सुरक्षा सतर्कता बढाएको छ ।
सर्वसाधारण नागरिक दशैंलगायत चाडपर्वको उल्लासमा व्यस्त रहेका बेला हुन सक्ने मानवीय र भौतिक क्षतिलाइ मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले हात्ती प्रभावित क्षेत्रमा निगरानी र निरन्तर गस्ति बढाएको छ ।
चाडपर्वको समयमा मानिसहरूको चहलपहल बढ्ने र बिहान बेलुका झिसमिसे तथा रातको समयमा जङ्गली हात्तीसँग जम्काभेट हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले गाउँ गाउँमा पुगेर माइकिङमार्फत् नागरिकलाई सचेत गराइरहेको छ । टोलीले अत्यावश्यक कामबाहेक अँध्यारो समयमा घरबाहिर ननिस्कन र सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
पाकेको धानबाली जोगाउने चिन्तासँगै जङ्गली हात्तीको जोखिम सामना गरिरहेका झापावासीलाई हात्तीसँग जम्काभेट भएमा नआत्तिन, हात्तीलाई जिस्क्याउने वा लखेट्ने प्रयास नगर्न तथा सुरक्षित स्थानतर्फ जान सशस्त्र प्रहरीले अनुरोध गरेको छ । साथै गाउँमा रहेका बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलाको विशेष ख्याल गर्न र उनीहरूलाई घरबाहिर एक्लै हिँडडुल गर्न नदिनसमेत आग्रह गरिएको छ ।
हात्तीको आवतजावत र सम्भावित जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा मोबाइल तथा पैदल गस्ती टोली परिचालन गरी निरन्तर निगरानी भइरहेको छ ।
हात्तीबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सुरक्षा निगरानीसँगै स्थानीय बासिन्दालाई सचेत गराउने कार्यलाई निरन्तरता दिइएको छ । सशस्त्र प्रहरीले आफ्नो घर, गोठ तथा आँगन वरपर हात्तीले मन पराउने खालका खानेकुरा नराख्न वा त्यस्ता बोटबिरुवाहरु सकेसम्म नरोप्न, रातको समयमा घर आसपास उज्यालोको व्यवस्था गर्न तथा बाक्लो झाडी सफा राख्नसमेत अनुरोध गरेको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend