काठमाडौं । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले ट्रमाडोल हाईड्रोक्लोराइड क्याप्सुल (ट्रामोल–५०) नामक लागूऔषध २१ हजार ६४ पत्ता (२ लाख १० हजार ६ सय ४० क्याप्सुल) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा जेठ १२ गते राती करिब साढे २ बजे भक्तपुर जिल्ला मध्यपुर थिमी–६ कमेरेटारबाट काभ्रे जिल्ला पनौती नगरपालिका–५ घर भई भक्तपुर कटुन्जेमा डेरा गरी बस्ने ४१ बर्षिय विरध्वज तामाङलाई आवश्यक सोधपुछका लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीले तामाङको सूचनाका आधारमा ललितपुर जिल्ला गोदावरी नगरपालिका–२ बिशंखुनारायण मन्दिरबाट ३ सय मिटर अगाडि कोटडाँडा जाने रोडको छेउमा पतकरले छोपेको अबस्थामा ६ वटा बोरा र २ वटा चाउचाउको कार्टुनमा लुकाइछिपाई राखेको अवस्थामा उल्लेखित लागूऔषध फेला पारेको हो ।
उनकै सूचनाको आधारमा लागूऔषध लुकाउने अर्का व्यक्ति काभ्रे जिल्लाको कोशीपारी–१ स्थायी घर भई ललितपुर जिल्लाको हरिसिद्धीमा डेरा गरी बस्ने ट्याक्सी चालक ३८ बर्षिय सान्तबहादुर तामाङ र उनले चलाउने गरेको बागमती प्रदेश ०१–००२ ज ८८६३ नम्बरको ट्याक्सीसहित जेठ १८ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । तामाङले लागूऔषध बोक्न ट्याक्सी प्रयोग गरेको आशंकामा नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका वीरध्वज तामाङलाई सशस्त्र प्रहरीले जेठ १२ गते नै आवश्यक कारवाहीको लागि प्रहरी बृत्त थिमीमा बुझाएको थियो भने आज नियन्त्रणमा लिइएका सान्तबहादुर तामाङलाई बरामद लागूऔषध र ट्याक्सीसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरी प्रभाग गोदावरी ललितपुरमा बुझाइएको छ । सो लागूऔषध केही दिनअघि काठमाडौ भित्रिएको सूचना पाएपछि ब्यूरोले पिछा गरेको थियो ।
कलंकीबाट वीरध्वज तामाङले उक्त लागूऔषध ललितपुरको चाँगाथली पुर्याएको बुझिएको छ । त्यसपछि उनलाई सशस्त्र प्रहरीले नियन्त्रमा लिएको थियो । त्यसलगत्तै आज नियन्त्रणमा लिइएका ट्याक्सी चालकले लागूऔषध हरिसिद्धीमा केही दिन राखेर आज बरामद भएको ठाउँसम्म सोही ट्याक्सी प्रयोग गरेर लुकाएका थिए ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend