Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • पश्चिम नवलपरासीमा ८० लाख बढीको तस्करीको मोबाइल पार्टस् बरामद


    शनिबार, असोज ३ २०८३
    30
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ ।

    सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरीले हिजो राति करिब ११.५५ बजे पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–४ स्थित झाडीमा लुकाई छिपाई अबैध ढंगले राखेको सो सामान बरामद गरेको हो ।

    अबैध सामान झाडीमा लुकाइराखेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको कमाण्डमा गएको टोलीले खोजतलास गर्दा करिब ८० लाख ३० हजार बराबरको मोबाइलका पार्टर्सहरु मोबाइल ब्याट्री, टेम्पर ग्लास, एअरबर्ड, स्मार्ट वाच र स्पीकर लगायतको सामान बरामद भएको हो ।

    बरामद सामान आबश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार