काठमाडौं । सशस्त्र प्रहरी बलका ५ एसपीको सरुवा भएको छ । शुक्रबारको मितिमा भएको र शनिबार सार्वजनिक गरिएको सरुवा अनुसार दयाराम शर्मा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, ध्रुव केसी केन्द्रीय लेखा, सुरेश खतिवडा आर्थिक प्रशासन, राजकुमार ढकाल एपीएफ अस्पताल र गणेशबहादुर मल्ल भण्डार महाशाखा छन् । सशस्त्र प्रहरीले ७१ डीएसपीको पनि सरुवा गरेको छ ।
पाँच एसपीदेखि ७१ डीएसपीको सरुवामा आर्थिक प्रशासन महाशाखाका प्रमुख एसएसपी होम ज्ञवाली हावी देखिएका छन् । उनकै डिजाइनमा आकर्षक र महत्वपूर्ण ठाउँका सरुवा भएका छन् । ज्ञवालीका ट्वाइसी ध्रुव केसीलाई केन्द्रीय लेखा प्रमुख बनाइएको छ । उनका अति निकट राजकुमार ढकाललार्ई प्रक्युमेन्ट हेर्नेगरी अस्पतालमा लगिएको छ । जहाँ करोडौं करोडको खरिद हुन्छ । ज्ञवालीका अर्का विश्वासपात्र दयाराम शर्मालाई एकेडेमीमा लगिएको छ । एकेडेमीको लेखा हेर्नेगरी उनलाई पठाइएको छ ।
यसैबीच, सशस्त्र प्रहरी स्कुल कीर्तिपुरको लेखाअधिकृत कल्पना गुरुङ पक्राउ परेकी छन् । गुरुङले विवादास्पद ब्यवसायी लीलाबहादुर लामा उर्फ टासीलाई सशस्त्र प्रहरी बलको स्कुलको ११ करोड रुपैयाँ मिटरब्याजमा दिएको र उक्त रकम फिर्ता नभएपछि उनी पक्राउ परेकी छन् । सशस्त्रको पैसा मिटरब्याजमा लिएर नतिर्ने लामासमेत पक्राउ परेका छन् ।
कल्पना गुरुङभन्दा अगाडि उक्त स्कुलको लेखा अधिकृतका रुपमा कार्यरत इन्स्पेक्टर महेन्द्र हमाल पनि मिटरब्याज प्रकरणमा छानबिनमा परेका छन् । उनी पनि उक्त स्कुलमा लामो समय लेखा प्रमुखका रुपमा कार्यरत थिए । छानबिनमा पर्नुपर्ने हमाललाई आईजीपी नारायणदत्त पौडेलले उनलाई जोगाउन खोजेको आरोप छ ।
सशस्त्रको स्कुलको कोषको रकम सापटीमा मुछिएका हमाललाई आर्थिक प्रशासनका एसएसपी ज्ञवालीको सिफारिसमा हालसालै सशस्त्रको महत्वपूर्ण मानिने एपीएफ अस्पतालको लेखाप्रमुखमा सरुवा गरिएको छ ।
लामालाई मिटरब्याजमा रकम दिंदा उक्त स्कुलका प्रमुख हाल सुदूरपश्चिम प्रदेशका डीआईजी दिग्बिजय सुवेदी थिए । उनले ११ करोड रकम मिटरब्याजमा लगाउँदा समेत रोक्न नसकेकाले उनको समेत संलग्नताको आशंका बलियो बन्दैगएको छ ।
त्यसैगरी अर्का डीएसपी सन्तोष चन्दलाई लेखाको खरिद हेर्ने जिम्मेवारीमा ल्याइएको छ । चन्द आईजीपी नारायणदत्त पौडेलका सशस्त्रमा सबैभन्दा निकट पात्रका रुपमा चिनिन्छन् ।
सशस्त्रको ११ करोड चलाउने लीला लामा को हुन् ?
लीलाबहादुर लामा (टासी) विभिन्न आपराधिक घटनामा जेल सजाय भुक्तान गरेर आएका व्यक्ति हुन् ।
लामालाई जिल्ला अदालत काठमाडौंले १० बर्ष कैद सजाय फैसला गरेको थियो । लामा लुटपाट घटनामा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार २०६२ सालदेखि जेलमा थिए । तर २०६७ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पारेर उनलाई आममाफी दिएर जेलबाट छुटाइएको थियो । लामामाथि बैंक लुटपाटको अभियोग लागेको थियो ।
लामाले एभरेष्ट बैंक, कान्तिपुर फाइनान्स, स्याकर कम्पनी, गुडविल फाइनान्सलगायत आधा दर्जनभन्दा बढी वित्तीय संस्थामा लुटपाट गरेको आरोप लागेको थियो ।
लामाले जेलभित्रबाट ब्राउन सुगरको कारोबार गरेका थिए । जेलमा हुनुपर्ने कैदी लामा २०६७ सालमा दरबारमार्गको अन्नपूर्ण कफिसपबाट लागुऔषध ब्राउनसुगर, २० लाख रुपियाँ नगद र तीन वटा मोबाइलसहित पक्राउ परेका थिए । त्यस बेला लामाको साथबाट १५ ग्राम ब्राउनसुगर फेला परेको थियो । लामाले लाजिम्पाटमा भौडे नामक एक रेष्टुरेन्ट संचालन गर्दैआएका छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend