Nepal Face
  • शुक्रबार, ९ असोज २०८३
  • सबल औषधि प्रणाली नै ‘स्वस्थ नेपाल’ निर्माणको बलियो आधार : महानिर्देशक भट्टराई


    शुक्रबार, असोज ९ २०८३
    115
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । औषधि ब्यवस्था बिभागले सशक्त र दक्ष फार्मासिष्ट नै सबल औषधि प्रणाली र समग्रमा स्वास्थ्य सेवाको मेरुदण्ड भएको बताएको छ ।

    विश्व फार्मासिस्ट दिवस २०२६ का अवसरमा विभागका महानिर्देशक भरत भट्टराईद्वारा शुक्रबार जारी गरिएको सन्देशमा सबल औषधि प्रणाली नै ‘स्वस्थ नेपाल’ निर्माणको बलियो आधार भएको उल्लेख गरिएको छ ।

    महानिर्देशक भट्टराईको सन्देशमा विश्व फार्मासिष्ट दिवसको यस अवसरमा प्रत्येक बिरामीलाई सुरक्षित, गुणस्तरीय र प्रभावकारी औषधिको पहुँच, सहज उपलब्धता गर्न गराउन सम्पूर्ण सरोकारवालाहरूलाई एकीकृत प्रतिबद्धताका साथ सदा अघि बढ्न सहकार्य र समन्वय हुन आग्रह गरिएको छ ।

    सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिको पहुँच सुनिश्चित गर्न फार्मासिस्टको भूमिका थप सशक्त बनाउनुपर्र्ने सन्देशमा उल्लेख छ । यस वर्षको विश्व फार्मासिस्ट दिवसको नारा ‘Empowering Pharmacists for Healthier Futures’ क’ रहेको छ ।

    भट्टराईले औषधिको तर्कसंगत प्रयोग, एन्टिमाइक्रोबियल स्टेवार्डसिप, औषधिजन्य प्रतिकूल घटनाको निगरानी, औषधि सुरक्षाका साथै बिरामी परामर्श र उपचारमा निरन्तरताजस्ता क्षेत्रमा फार्मासिस्टको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

    उनले युवा फार्मासिस्टलाई डिजिटल स्वास्थ्य, आर्टिफिसियल इन्टेलिजेन्स, टेलिफार्मेसी, फार्माकोजेनोमिक्स, क्लिनिकल फार्मेसी र आधुनिक औषधि उत्पादनलगायत क्षेत्रमा ज्ञान तथा सीप अद्यावधिक गर्दै अनुसन्धान र प्रमाणमा आधारित अभ्यासमा जोड दिन आग्रह गरेका छन् ।

    न्यून गुणस्तर तथा नक्कली औषधि नियन्त्रण, बजारपछिको जोखिममा आधारित अनुगमन र एन्टिमाइक्रोबियल रेसिस्टेन्सजस्ता चुनौती सामना गर्न नियामक निकाय, औषधि उद्योग, अस्पताल र विश्वविद्यालयबीच सहकार्य आवश्यक रहेको उनले बताए ।

    महानिर्देशक भट्टराईले औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुधारका लागि नियामक निकाय, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक र फार्मासिस्टबीचको समन्वय थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार