Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • भरत भट्टराईलाई औषधि ब्यवस्था बिभागको महानिर्देशकको जिम्मा


    बुधबार, भाद्र १० २०८३
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधि ब्यवस्था बिभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिएको छ ।

    स्वास्थ्य मन्त्री निशा मेहताले बुधबार भट्टराईलाई बिभागको महानिर्देशक बनाएकी छन् ।

    भट्टराई राष्ट्रिय औषधि प्रयोगशालामा कार्यरत थिए । भट्टराई लेयसअघि पनि बिभागको महानिर्देशकका रुपमा काम गरिसकेका छन् ।

    बिभाग ४ महिनादेखि निमित्त महानिर्देशकको भरमा संचालन हुँदैआएको थियो

    २६ चैतमा विभागका महानिर्देशक रहेका नारायणप्रसाद ढकाललाई कानूनविपरीत औषधिको मूल्य निर्धारण गरेको आरोप लागेपछि स्वास्थ्यमन्त्री मेहताले तानेकी थिइन् भने खड्गीलाई बैशाख १ गते निमित्त दिइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार