काठमाडौं । औषधिको अत्यधिक मूल्यबृद्धिमा संलग्न भएको आरोपमा औषधि ब्यवस्था बिभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई छानबिनका लागि मन्त्रालयमा तानिएको छ । ढकाल त तानिए तर औषधिको मूल्यबृद्धिमा उत्तिकै भूमिका भएकी शिवानी खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको बिषयमा स्वास्थ्य मन्त्री निशा मेहता पनि आलोचित भएकी छन् ।
महानिर्देशक पदमा ढकाल कार्यरत रहँदा खड्गी औषधि मूल्यांकन तथा उद्योग दर्ता महाशाखाको प्रमुख थिइन् । ढकाल र खड्गीकै मिलेमतोमा औषधिको मूल्यबृद्धि गरिएको थियो । तर छानबिन गर्नुपर्ने खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएपछि ढकालले कागजपत्र मिलाउने मौका पाएका छन् ।
छानबिन समिति आफूअनुकूल बनाउन खोजेका थिए ढकाल र सचिव देवकोटाले । प्रधानमन्त्री कार्यालयको हस्तक्षेपपछि ढकाल र देवकोटाको डिजाइन असफल भएको छ ।
औषधि जस्तो संवेदनशील र अत्यावश्यक वस्तुको लुटमा छुट दिने ढकालमात्र होइन, निष्पक्ष छानबिन भएमा शिवानी पनि कारबाहीमा पर्ने बिभाग स्रोत बताउँछ ।
२०७८ सालमा विभिन्न सातवटा विदेशी कम्पनीका औषधिमा कम्तीमा २६.८८ प्रतिशतदेखि ३३.९९ प्रतिशतसम्म आफूखुसी मूल्यवृद्धि गरिएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा विभागले नयाँ दर्ता तथा नवीकरण गर्दा विदेशी १ सय ९० वटा ब्राण्डका औषधी नवीकरण गरेकोमा ८८ वटा ब्राण्डका औपधिहरुमा करिब ३४ प्रतिशतसम्म मुल्यबृद्धि गरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । यसरी मूल्य बढाइएको औषधीहरु सम्बन्धित देशले तोकोको मुल्यभन्दा अधिक देखिन आउँछ ।
औषधि ऐन, २०३५ मा कुनै औषधिको मूल्य तोक्न वा वृद्धि गर्नुपरे औषधि मूल्य अनुगमन समितिले औषधि परामर्श परिषद्लाई सिफारिस गर्नुपर्ने व्यवस्था छ । परामर्श परिषद्ले मन्त्रिपरिषदमा पठाइ मन्त्रिपरिषदबाट मूल्यवृद्धि स्वीकृत भएपछि उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित हुनुपर्ने कानुनी व्यवस्था छ । तर, महानिर्देशक ढकालले नियमानुसार नगरेको पाइएको छ । महानिर्देशकको अधिकार क्षेत्रभित्र नभएको कुरालाई ऐन मिच्दै औषधिको मूल्य बढाइएको थियो ।
महानिर्देशक ढकाल र तत्कालीन बरिष्ठ औषधि ब्यवस्थापक शिवानी खड्गीले औषधिको मूल्यबृद्धिमा देउराली जनता फर्मास्युटिकल्सका हरिभक्त शर्मा, क्वेस्ट फर्मास्युटिकल्सका उमेशलाल श्रेष्ठसहितका उद्योगहरुबाट लाभ लिएर ढकाल र शिवानीको समूहले अचाक्ली मूल्यबृद्धि गरेका थिए ।
बिचौलिया पवन आचार्य र प्रकाश खण्डलेवालहरुको सेटिङमा औषधिको मूल्यबृद्धि गरिएको आरोप छ । औषधि आयातका लागि सेटिङ गर्ने पनि आचार्य र खण्डलेवालकै समूहले गर्दैआएको छ प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयसम्मै पहुँच रहेको यो समूहले २ सय वटा औषधिको आयातका लागि आवेदन दिनेहरुसँग पनि ठूलो रकमको मोलमोलाई गरेको थियो । तर ढकालको सरुवापछि उक्त औषधि आायतको प्रक्रिया अवरुद्ध भएको छ ।
औषधि आयातका लागि अनुमति लिएका भनिएका ५० प्रतिशत कम्पनीहरुको अनुमतिपत्र नै शंकाको घेरामा रहे्काले छानबिन हुनुपर्ने माग पनि भइरहेको छ । अनुसन्धान गर्ने हो भने धेरै फेक भेटिनेछन् । र, ढकाल र शिवानीका थप कर्तुत छताछुल्ल हुने बिभाग स्रोत बताउँछ । नेपालमा उत्पादित औषधिले गुणस्तर चिह्न जीएमपी लिनुपर्ने हुन्छ ।
जीएमपी नै नपाएका र भारतमा उत्पादन नै हुन छाडेका कम्पनीका गुणस्तरहीन औषधि समेत नेपालमा आयात गर्न र बिक्रीबितरण गर्न नारायण ढकालले करोडौं घुस खाएर छुट दिएको आरोप छ । पवन आचार्य र खण्डेलवालले भारतमा बन्द भएका औषधि नेपालमा आयात गर्न र खुलेआम बिक्री बितरण गरी जनस्वास्थ्यमा गम्भीर खेलवाड गर्न दिएबापत नारायण ढकाल र शिवानी खड्गीलाई कुस्त घुस दिने गरेको स्रोत बताउँछ ।
औषधिको मूल्यबृद्धिमा भएको अनियमितता छानबिन गर्न गठित समितिले भारतमा बन्द भएका गुणस्तरहीन औषधि आयात गरिएको र ती औषधि आयात गर्ने कम्पनीका बारेमा पनि छानबिन गर्ने हो भने लहरो तान्दा पहरो आउने बिभागका अधिकारी बताउँछन् । निष्पक्ष छानबिन भएमा मूल्यबृद्धिको बिषयमा मात्र होइन औषधि आयात र बिक्री बितरणमा भएका अपराधजन्य घटना पनि उजागर हुने भएपछि पवन आचार्यको समूह प्रधानमन्त्री वालेन्द्र शाहकै सचिवालयसम्म पहुँच पुर्याएर छानबिन गहिराईमा पुग्न नदिन लागिपरेको छ ।
सांसद खत्रीको प्रश्नपछि औषधिको मूल्यबृद्धि प्रकरण सार्वजनिक, ढकाल तानिए
महालेखा परीक्षकको प्रतिवेदनमा नै ५२ ब्रान्डको औषधिको मूल्य बढाउँदा करोडौं घोटाला भएको बिषय सांसद राजीव खत्रीले संसदमा उठाएका थिए । खत्रीले औषधिको मूल्यबृद्धिमा भएको घोटालाका बारेमा कुरा उठाएपछि प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा ढकाललाई मन्त्रालय तानिएको थियो ।
औषधिको मूल्यबृद्धिका बारेमा सांसद खत्रीको प्रश्न छ–२०७४ यता २०८२ को अन्तिमसम्म आइपुग्दा औषधिको नाममा कति लुट मच्चाइयो होला ? यो आठ वर्षमा चार हजारभन्दा माथिका औषधि, त्यसको मूल्यमा बढाइएको प्रतिशत र नेपालमा भएको खपतलाई सिधा हिसाब गर्नुभयो भने यो लाखौमा हैन, करोडौमा हैन, अरबौंमा घोटाला भएको प्रष्ट हुन्छ । यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार अर्षअघि उजुरी परेको थियो । जबकि ऐनविपरीत औषधिको मूल्यवृद्धि गर्ने पदाधिकारीको कार्यलाई नियमसंगत मान्न नसकिने महालेखा परीक्षकको निष्कर्ष छ ।
यस्तो गम्भीर विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने अनुसन्धान गरेको गर्यै छ । प्रथम दृष्टिमा नै वदनियत देखिने यस्तो घोटलालाई अझै अनुन्धानमा छ भन्नुले अख्तियारको कामप्रति नै आशंका उव्जाउँछ ।
उपचार खर्चमा विरामीको सबैभन्दा बढी खर्च औषधिमै हुने स्वास्थ्य मन्त्रालयको एक अध्ययनले देखाउँछ । स्वास्थ्य सेवा महंगो हुँदा जटिल रोग लागेका व्यक्तिको उपचारले धनी निम्न मध्यमवर्गमा झर्छन्, निम्न वर्ग गरिबमा झर्छन् र गरिब उपचार नै नपाएर मृत्युवरण गर्ने अवस्थामा पुग्छन् । यो कालोधन्दा रोक्न र आरोपीउपर तत्काल छानबिन गरी कारबाही गर्न खत्रीले सभामुख मार्फत् सम्बन्धित मन्त्रालय र निकायहरुको ध्यानाकषण गराएका थिए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend