काठमाडौं । गएको भदौ १० गतेको प्रलयकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले २५ लाख १० हजार रुपैयाँबराबरको राहत तथा सुविधा पाउने भएका छन् ।
नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण कोषबाट तीन लाख, किरिया खर्चबापत रु ४० हजार, राष्ट्रिय वाणिज्य बैङ्कबाट ५ लाख रुपैयाँको बीमा, राष्ट्रिय बीमा संस्थानबाट दुई लाख तथा नेपाल प्रहरी संगठनबाट विशेष राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध हुनेछ ।
त्यसैगरी, कर्मचारी सञ्चय कोषबाट दुर्घटना क्षतिपूर्तिबापत दुई लाख र किरिया खर्च ४० हजार रुपैयाँ उपलब्ध हुने व्यवस्था छ । नागरिक लगानी कोषका स्वेच्छिक बचतकर्ताले प्रचलित सर्तअनुसार दुर्घटना बीमाबापत रु दुई लाख र किरिया खर्चबापत ३० हजार रुपैयाँ पाउनेछन् ।
यसरी मृतक प्रहरी कर्मचारीका परिवारले सम्बन्धित कोष तथा बीमा सुविधासहित २५ लाख १० हजार रुपैयाँ प्राप्त गर्ने नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महानिरीक्षक कार्कीले प्रभावित प्रहरी परिवारको जीविकोपार्जनमा सहयोग गर्नाका साथै मृतक तथा प्रभावित प्रहरी कर्मचारीका छोराछोरीको शिक्षामा आवश्यक व्यवस्था मिलाउने बताएका छन् ।
नेपाल प्रहरी कल्याण कोषबाट लिइएका ऋणसम्बन्धी सुविधामा आवश्यकताअनुसार सहुलियत तथा मिनाहाको व्यवस्था गरिने पनि उहाँले प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई सङ्गठन, कल्याण कोष तथा सम्बन्धित बीमा र सामाजिक सुरक्षा निकायबाट प्राप्त हुने सुविधालाई समन्वय गरी उपलब्ध गराइने जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले मृतक प्रहरी कर्मचारीका परिवारले पाउने राहत तथा सुविधासम्बन्धी विवरणअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।
भोटेकोशी बाढीमा प्रहरी कर्मचारी प्रभावित भएपछि प्रहरीले उद्धार, खोजी तथा राहतसँगै प्रभावित प्रहरी कर्मचारी र उनीहरूका परिवारको सहयोगका लागि विशेष व्यवस्था अघि बढाएको जनाएको छ । भोटेकोशी बाढीमा परेर ३ प्रहरीको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन् ।
भोटेकोशी बाढीमा मृत्यु तथा बेपत्ता भएका प्रहरी परिवारलाई संगठनबाट २५ लाख १० हजार रुपैयाँका अलावा सरकारले पनि थप सहयोग गर्नुपर्ने आवाज उठिरहेको छ । सरकारले पनि मृतक र बेपत्ताका प्रहरीका परिवारलाई थप सहयोग गरेमा आश्रितहरुका सन्तानलाई शिक्षादीक्षादेखि लालनपालनमा थप टेवा पुग्ने अपेक्षा पनि गरिएको छ ।
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
नुवाकोट । बाढीले त्रिशुलीमाथिको पुल बगाएपछि त्रिशुलीपारीका स्वास्थ्य संस्थामा हैजाविरुद्धको खोप पुर्याउन स्थलमार्ग अवरुद्ध भएपछि ड्रोनमार्फत् खोप पठाइएको छ । २ देखि ८ डिग्री सेल्सियस...
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend