काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा दीर्घरोगीलाई औषधिको अभाव हुन नदिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहलमा प्रदेश सरकारसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइएको छ । नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगीहरुलाई औषधि अभाव हुन नदिनका लागि मन्त्री मेहताले यस्तो ब्यवस्था मिलाएको बताइएको छ ।
बाढीका कारण प्रभावित जिल्लाका केही स्थानीय तहमा औषधि आपूर्तिमा समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले प्रदेश तथा स्थानीय तहका स्वास्थ्य निकायसँग समन्वय गरी उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग, क्षयरोग तथा एचआईभी–एड्सलगायत नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि आवश्यक औषधिको निरन्तरता सुनिश्चित गर्न पहल गरेको हो ।
मन्त्रालयले प्रभावित क्षेत्रमा औषधि अभाव भएमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमार्फत् तत्काल जानकारी गराउन आग्रह गरेको छ । प्राप्त मागअनुसार केन्द्र, प्रदेश, स्थानीय तह तथा सम्बन्धित अस्पतालसँग समन्वय गरी आवश्यक औषधि र स्वास्थ्य सेवा शीघ्र उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।\
मन्त्री मेहताको पहलमा विपद्का कारण स्वास्थ्य सेवा प्रभावित हुन नदिन औषधि आपूर्ति, स्वास्थ्य सेवा र आवश्यक जनशक्तिबीचको समन्वयलाई थप प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ ।
‘बाढीका कारण कुनै पनि बिरामीको नियमित उपचार र औषधि सेवन प्रभावित नहोस् भन्ने उद्देश्यले प्रदेश र स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको छ’ मन्त्रालयको भनाइ छ । औषधि अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले प्रदेश र स्थानीय तहसँग समन्वय गर्नका लागि सम्पर्क अधिकारी पनि तोकेको छ । जसअनुसार प्रदेश जनस्वास्थ्य कार्यालय रसुवा–नुवाकोट अस्मिना श्रेष्ठ (९८४००७७९३९) , प्रदेश जनस्वास्थ्य कार्यालय, नुवाकोट–धादिङ धनबहादुर वली (९८४८९१८७४१) , प्रदेश जनस्वास्थ्य कार्यालय धादिङका जुनु श्रेष्ठ (९८४१९३७२७५) लाई तोकेको छ ।
त्यसका अलावा निःशुल्क हटलाइन स्वास्थ्य सम्बन्धी समस्याका लागि (१११५), मानसिक स्वास्थ्य परामर्शका लागि (११६६) र एम्बुलेन्स व्यवस्थापन (१०२) मा फोन सम्पर्क गर्न अनुरोध गरिएको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend