काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा दीर्घरोगीलाई औषधिको अभाव हुन नदिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहलमा प्रदेश सरकारसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइएको छ । नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगीहरुलाई औषधि अभाव हुन नदिनका लागि मन्त्री मेहताले यस्तो ब्यवस्था मिलाएको बताइएको छ ।
बाढीका कारण प्रभावित जिल्लाका केही स्थानीय तहमा औषधि आपूर्तिमा समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले प्रदेश तथा स्थानीय तहका स्वास्थ्य निकायसँग समन्वय गरी उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग, क्षयरोग तथा एचआईभी–एड्सलगायत नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि आवश्यक औषधिको निरन्तरता सुनिश्चित गर्न पहल गरेको हो ।
मन्त्रालयले प्रभावित क्षेत्रमा औषधि अभाव भएमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमार्फत् तत्काल जानकारी गराउन आग्रह गरेको छ । प्राप्त मागअनुसार केन्द्र, प्रदेश, स्थानीय तह तथा सम्बन्धित अस्पतालसँग समन्वय गरी आवश्यक औषधि र स्वास्थ्य सेवा शीघ्र उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।\
मन्त्री मेहताको पहलमा विपद्का कारण स्वास्थ्य सेवा प्रभावित हुन नदिन औषधि आपूर्ति, स्वास्थ्य सेवा र आवश्यक जनशक्तिबीचको समन्वयलाई थप प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ ।
‘बाढीका कारण कुनै पनि बिरामीको नियमित उपचार र औषधि सेवन प्रभावित नहोस् भन्ने उद्देश्यले प्रदेश र स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको छ’ मन्त्रालयको भनाइ छ । औषधि अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले प्रदेश र स्थानीय तहसँग समन्वय गर्नका लागि सम्पर्क अधिकारी पनि तोकेको छ । जसअनुसार प्रदेश जनस्वास्थ्य कार्यालय रसुवा–नुवाकोट अस्मिना श्रेष्ठ (९८४००७७९३९) , प्रदेश जनस्वास्थ्य कार्यालय, नुवाकोट–धादिङ धनबहादुर वली (९८४८९१८७४१) , प्रदेश जनस्वास्थ्य कार्यालय धादिङका जुनु श्रेष्ठ (९८४१९३७२७५) लाई तोकेको छ ।
त्यसका अलावा निःशुल्क हटलाइन स्वास्थ्य सम्बन्धी समस्याका लागि (१११५), मानसिक स्वास्थ्य परामर्शका लागि (११६६) र एम्बुलेन्स व्यवस्थापन (१०२) मा फोन सम्पर्क गर्न अनुरोध गरिएको छ ।
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले सरकारले भनेजस्तो उद्दार टोली परिचालन गर्न नसकेको आरोप लगाएका छन् । उनले सरकारले उद्दारका लागि...
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्डमा आज शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। गत भदौ...
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका...
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् प्रतिकार्यमा परम्परागत रूपमा मन्त्रालयमा बसेर कागजात हेर्ने शैलीभन्दा डिजिटल माध्यमबाट कमान्ड तथा समन्वयलाई प्राथमिकता दिइएको बताएका छन्। गृहमन्त्री गुरुङले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend