काठमाडौं । गएको भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीको कारण चीनको केरुङ नाकामा अलपत्र परेका ५ सय ७६ जना नेपाली नागरिकहरूको सकुशल उद्धार गरिएको छ ।
उनीहरुलाई नेपाल–चीन सीमावर्ती कोदारी नाका हुँदै सकुशल स्वदेश फर्काइएको हो । चीन सरकारको विशेष सहयोग तथा सीमा नाकामा सशस्त्र प्रहरी बल, नेपालको प्रत्यक्ष सहजीकरण एवं समन्वयमा उनीहरूलाई सुरक्षित रूपमा काठमाडौँतर्फ पठाइएको छ ।
स्थलमार्ग अवरुद्ध भई चीनतर्फ रोकिएका नेपाली नागरिकहरूलाई भदौ १८ देखि भदौ २२ गतेसम्म सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी नाकाबाट नेपाल प्रवेश गराइएको हो ।
सो नाकाबाट भदौ १८ गते १ सय १४ जना, १९ गते रसुवाका १ सय ४५, धादिङका १ र काठमाडौँका ९ गरी जम्मा १ सय ५५ जनालाई नेपाल फर्काइएको हो । त्यस्तै भदौ २० गते ९६ जना, २१ गते दिउँसो १ सय ५ जना र २२ गते दिउँसो १ सय ६ जनालाई समेत नेपाल फर्काइएको छ ।
उनीहरुलाई स्थानीय तह तथा विभिन्न संघ–संस्थासँगको समन्वयमा सवारी साधनहरूको व्यवस्था गरी काठमाडौँतर्फ पठाइएको हो । सीमा क्षेत्रमा नागरिकको सुरक्षित उद्धार तथा आवागमन सहजीकरणका लागि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोष्ट तातोपानीबाट सशस्त्र प्रहरी नायव निरीक्षक भूपबहादुर बुढाथोकीको कमाण्डमा १५ जनाको विशेष टोली निरन्तर परिचालन भएको छ ।
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ । भोलि बस्नेगरी बैठक बोलाइएको समितिका सदस्य सचिव राजु कटुवालले बताए । उनका अनुसार बैठक...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावितको खोज तथा उद्दारका लागि अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण र विशेष सामग्रीहरू माग गरेको छ । जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको...
धनगढी। सुदूरपश्चिम प्रदेश सरकार सञ्चालनका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच ४० बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ। प्रदेशमा संयुक्त सरकार गठन...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गरेका छन् । भाद्र १० गते हिमनदीको बरफ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend