Nepal Face
  • शनिबार, १३ भाद्र २०८३
  • माटोमुनि पुरिएकी बालिकाको उद्धार


    शनिबार, भाद्र १३ २०८३
    70
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमुनि पुरिएकी ६ बर्षीया बालिकाको सशस्त्र प्रहरीले शुक्रबार साँझ उद्धार गरेको छ ।

    भोटेकोशी बाढीमा परेकाहरुको खोजी तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले माटोमुनि बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी कार्य शुरु गरी माटोमुनि पुरिएको अवस्थामा ती बालिकालाई फेलापारेको थियो ।

    उद्धार पश्चात् उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट टिमुरेमा ल्याई न्यानो बनाई राखिएको थियो । सो पश्चात् उनको अवस्था कमजोर हुँदै गएपछि थप उपचारको लागि हेलिकप्टरमार्फत् काठमाडौ ल्याउने प्रयास गरिएको थियो ।

    रातको समय र प्रतिकूल मौसमका कारण उनलाई उपचारका लागि काठमाडौं ल्याउन कठिनाई परेको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरुको खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बल नेपालको टोली निरन्तर परिचालन भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार