Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • बाढीप्रभावित तीन जिल्लामा बिशेषज्ञ चिकित्सकको टोली खटाउने तयारी, स्वास्थ्यसेवामा कमी महसुस हुन नदिने


    बिहिबार, भाद्र २५ २०८३
    115
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । त्रिशूली–भोटेकोशी करिडोरका बाढीपीडित गर्भवती, सुत्केरी र शिशुहरू सुरक्षित आवास, पर्याप्त पोषण, गोपनीयता र स्वास्थ्य सेवाको अभावमा जोखिममा परेको बिषयलाई ध्यानमा राखी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित बिषयका बिशेषज्ञ चिकित्सकको समूह नै त्यसतर्फ परिचालन गर्ने भएको छ ।

    बुधबारको संसदमा सांसदहरुले सुत्केरी महिला, नवजात शिशु र अन्य जोखिममा रहेका समूहका बिषयमा कुरा उठाएपछि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रालयका उच्च अधिकारीको नेतृत्वमा बिशेषज्ञ चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मीको एक समूहलाई फिल्डमा परिचालन गर्न स्वास्थ्य मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको स्रोतले बताएको छ ।

    भोटेकोशी बाढीप्रभावित रसुवा, नुवाकोट र धादिङमा उच्चतहको निगरानी बढाई चुस्त सेवा दिन र नागरिकलाई स्वास्थ्य सेवामा कमी महसुस नदिन संवेदनशील भएर खटिन मन्त्रालयका अधिकारीहरुलाई मन्त्री मेहताले निर्देशन दिनुभएको छ ।

    स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले आजै प्रसूतीगृह र कान्ति बाल अस्पतालका बरिष्ठ चिकित्सकको नेतृत्वमा एक समूहलाई बाढी प्रभावित जिल्लामा खटाउन लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार