Nepal Face
  • मंगलबार, १९ साउन २०८३
  • फर्जी कागजात पेश गर्ने पर्यटन बोर्डका उच्च अधिकारी गौतमलाई अख्तियारले कसरी दियो सफाइ ?


    मंगलबार, साउन १९ २०८३
    105
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । पहुँच हुनेले अख्तियारमा पनि हेराफेरी गर्नसक्छ भन्ने कुरा नेपाल पर्यटन बोर्डका एक उच्च अधिकारीको हकमा लागू हुन्छ ।

    पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले गरेको किर्ते कागजातलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर रुपमा छानबिन नगरी सफाइ दिएपछि पहुँच हुनेले आयोगमा समेत मिलाउन सक्दोरहेछ भन्ने आशंका गर्ने ठाउँ दिएको छ ।

    पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमको किर्ते कागजातलाई संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेर बचाउ गरेको तथ्य बाहिर आएको छ ।

    पर्यटन बोर्डको नियमावलीबिपरीत प्रवन्धक पदको दस्खास्त दिँदा सिफारिस गरेको अनुभवको कागजात अनुसार गौतमले कञ्चन ट्राभल्समा २०५६ पुस १८ गतेदेखि २०५८ पुससम्म काम गरेको देखिन्छ । तर, प्राप्त विवरणअनुसार कञ्चन ट्राभल्स नामक उक्त कम्पनी २०५७ भदौ २१ गतेमात्रै स्थापना र दर्ता भएको छ ।

    कन्चन ट्राभल्स दर्ता नै नभई त्यो कम्पनीको किर्ते कागजातका आधारमा नियुक्ति पाएका गौतमको जागरिमा निरन्तरता छ नै दर्ता नहुँदैको मिति राखेर नक्कली अनुभव बनाइदिएको ट्राभल एजेन्सीलाई पनि बम्पर छुट मिलेको छ ।

    यसरी अनुभवको कागजात नै किर्ते बनाएर भ्रष्टाचार गरेको प्रष्ट भएको छ । उनले ट्राभलमा काम गर्दा करोस्पोन्डेन्ट मात्रै भएको उल्लेख गरिएको छ । गौतमले २०६४ सालमा बोर्डको प्रवन्धक बन्नका लागि यो फर्जी प्रमाण पेश गरेका हुन् । गौतमले ट्राभल एजेन्सी दर्ता नगर्दै कसरी काम गरे ? दर्ता मितिभन्दा आठ महिना अगाडिको अनुभवको प्रमाणपत्रबाट कसरी नियुक्ति पाए ? आठौं आश्चर्यको विषय बन्न पुगेको छ ।

    गौतमले बोर्डमा पेश गरेको डकुमेन्ट फर्जी भएको सहजै प्रमाणित हुन्छ । तर, पहुँच पु¥याएर अहिले पनि विस्तृत अनुसन्धानपछि तामेलीमा राखिएको छ । २०८२ असार ४ गतेको निर्णयले उक्त उजुरी तामेलीमा राखिएको अख्तियारको पैंतिसौं बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    पहिलो पटक कारबाहीका लागि पर्यटन बोर्डकै प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएको आयोगले कारबाही नभएपछि पुनः परेको उजुरी पश्चात लामो समयपछि यसरी तामेलीमा रोखिएको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले उनलाई बचाउ गरेका थिए ।

    गौतमले नेकपा(एमाले) का महासचिव शंकर पोखरेललाई अंग्रेजी पढाएको भन्दै हिड्ने गरेका छन् । एउटै निर्वाचन क्षेत्र दाङका गौतमलाई पोखरेलकै निगाहमा अख्तियारले बचाएको बुझिएको छ ।

    नेपाल पर्यटन बोर्ड कर्मचारी सेवा विनियमावली २०६४ को विनियम ६ को उपविनियम (३) (ङ) मा म्यानेजर अर्थात प्रबन्धक पदका लागि आवश्यक पर्ने योग्यता स्पष्ट छ । जसअनुसार प्रबन्धक पदका लागि नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालय वा सो विश्वविद्यालयबाट मान्यता प्राप्त अन्य शिक्षण संस्थाबाट स्नातकोत्तर स्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरेको हुनुपर्छ । यही प्रावधानअनुसार बोर्डमा नियुक्त हुन गौतमले कञ्चन ट्राभल्स नामक कम्पनीको नक्कली कागजात पेश गरेको र सोही आधारमा नियुक्ति लिइएको देखिन्छ । तर, कञ्चन ट्राभलमा काम गर्दा उनी अधिकृत तहमा काम गरेको कतै खुल्दैन ।

    त्यसो त कञ्चन ट्राभल्स एण्ड टुर्स नामक ट्राभल एजेन्सीले लक्ष्मण गौतमले चाहेअनुरूपकै फरक फरक अनुभव प्रमाणपत्र दिएको पाइएको छ । तथापि अख्तियारका अधिकारीले किन र कसरी उनको यो फर्जि कागजातलाई बैद्यता दिए ? आठौं आश्चर्य नै भएको कानूनविद्हरुको जिकिर छ । यस विषयमा पर्यटन बोर्डका निमित्त सिईओ गौतमसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा अख्तियारले विस्तृत अनुसन्धान गरी तामेलीमा राखेको बताए ।

    दक्षिण कोरियामा मानव तस्करी गर्ने काममा बोर्डकै कर्मचारी भएको आशंका

    बोर्डले जानकारी बिनै कतिपय व्यक्तिको सिफारिस गरी दक्षिण कोरिया पठाएको आशंका गरिएको छ । बोडकै सिफारिसमा दक्षिण कोरियामा हराएका तीन जनाका कारण अहिले बोर्ड कालोसूचीमा परेको छ । बोर्डकै कर्मचारी नै संलग्न भएकाले अहिले पनि नियामक निकायको ध्यान पुग्नसकेको छैन ।

    केही समयअघि कोरिया नेपाल केन्द्रको संयोजनमा कार्यक्रम गरी झण्डै आधा दर्जन असम्बन्धित व्यक्तिहरु पठाएको र उनीहरु पनि लुकेको बुझिएको छ । यसरी कोरिया तर्फको व्यवस्थापन लक्ष्मण गौतमकै दाजुले गरेको पनि स्रोतको दाबी छ ।

    नेपाल एजुकेशनल कल्चरल सेन्टर सिओलले पनि अबैध रुपमा मान्छे पठाउने गरेको स्रोतले जानकारी दिएको छ । यस सम्बन्धमा सम्र्पक गर्दा सफल हुन सकेन ।
    नेपाल–कोरिया मैत्री संघका अध्यक्ष ब्यवसायी रमेश खेतानले स्याङ्जा हरिनासका एक जना थापा थरका व्यक्तिलाई पैसा लिएर कोरिया पठाएका थिए । उनी वैदेशिक रोजगार व्यवसायी हुन् । बैदेशिक रोजगार व्यवसायमा धेरै जनाको रकम ठगी गरेपछि नेपालमा प्रहरीको फरार सूचीमा परेका थापा कोरियाको बंगुर फार्ममा अवैधरुपमा बसेर काम गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार