काठमाडौं । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने, प्रचार प्रसार गर्ने नेपाल सरकारको आधिकारिक संस्था नै दक्षिण कोरिया सरकारको कालोसूचीमा परेको छ ।
नेपाल पर्यटन बोर्डका तत्कालीन सीईओ तथा हाल स्याङ्जा क्षेत्र–१ का सांसद धनञ्जय रेग्मीको कार्यकालमा भिसा सिफारिस गरी कोरिया पठाइएका प्रिजेन्ट ट्राभल प्रालिका मार्केटिङ म्यानेजर प्रदीप केसी, अन्नपूर्ण टे«क एण्ड एक्सपेडिसन प्रालिका टुर प्रोगामर फुर्वा छिरिङगोले शेर्पा, वीङ ट्रेकस् एण्ड एक्सपेडिसन प्रा लि.का म्यानेजर बन्दी शेर्पा सन् २०२२ मा स्टल राखेर व्यवसाय गर्न तयार भएर दक्षिण कोरिया पुगेपछि नेपालमा सम्पर्क बिच्छेद गरेका थिए । उनीहरु कोरियामै लुकेका छन् ।
यसरी बोर्डमार्फत् सिफारिस गर्दा लुक्ने अभिप्रायले कोरिया, जापान, संयुक्त अधिराज्य र युरोपियन देश जानेहरुले सिफारिसकर्ताहरुलाई लाखौं रकम दिने गरेको बताइन्छ । यसका लागि सम्बन्धित अधिकारीहरुले रकम लिए वा लिएनन्, खोजीको विषय बनेको छ ।
तत्कालीन सीईओ रेग्मीले पठाएका व्यवसायी कोरियामा लुकेपछि बोर्डलाई कालोसूचीमा राखिएको छ । त्यसपछि सन् २०२५ मा बोर्डले सिफारिस गरी मेलाका लागि स्टल बुक गरेका कम्पनीहरुले भिसा पाउनबाट बन्चित भएका छन् ।
स्टल बुक गरी मेलामा जाने तयारीमा लागेका आठ जना व्यवसायीहरुको भिसा प्रोसेसिङलगायतका कामका लागि बिभिन्न शीर्षकमा खर्च गरिएको पूरै रकम डुबेको छ । उनीहरुको किन भिसा लागेन भनी बुझ्दा कालोसूचीमा परेको भन्ने जानकारी कोरियन दूतावासले व्यवसायीहरुलाई गराएको थियो । यो घट्नाले स्वाभिमानी नेपालीहरुको शीर निहुरिएको छ ।
सिओल इन्टरनेशनल ट्राभल फेयर २०२५ का लागि मेलामा सहभागी हुन पर्यटन व्यवसायीहरुलाई बोर्डले आह्वान गरेको थियो । बोर्डको आह्वान अनुसार अजय श्रेष्ठलगायतका व्यवसायीहरुले मेलामा सहभागी हुन स्टलका लागि रकम जम्मा गरेका थिए । ब्यवसायीहरुले आफूलाई पर्यटन बोर्डले फसाएको मौखिक उजुरी तत्कालीन पर्यटनमन्त्री बद्री पाण्डेसामु बताएपछि मात्रै स्टल बुक गरेको रकम फिर्ता गरिएको थियो ।
विदेशमा अवैधरुपमा बस्न चाहनेहरुले गर्दा नेपाली राहदानीको स्तर एकदमै घटेको छ । हालका रास्वपाका सांसद रेग्मीको समयमा मात्रै नभएर निवर्तमान कानून सचिव उदय सापकोटाले आफ्नै मन्त्रालयको आइटी सेक्सनमा काम गरेका झापाका आकाश बस्नेतलाई सिफारिस गरी संयुक्त राज्य अमेरिका पठाएका थिए । अहिले बस्नेत सामान्य काम गरी अबैध रुपमा अमेरिकामा बसेका छन् ।
त्यसो त कुनै समय धादिङका मानव तस्कर कृष्ण सिम्खडाले रातो राहदानी पिसी गरी ५ सय भन्दा बढीलाई बेलायतमा पठाइएका थिए । उनले झण्डै १५ रोपनी जग्गा र निजी विद्यालय श्रीमतीका नाममा राखेका छन् । सम्पत्ति शुद्धीकरण विभागले पत्र पठाएपछि फरार भएका सिंखडा त एक जना प्रतिनिधि पात्रमात्रै हुन् । सिम्खडाले लम्जुङका तत्कालीन सांसद रामचन्द्र अधिकारी, भुवन केसीकी श्रीमती सुस्मिता केसीलगायतका सांसद तथा सेलिब्रेटीहरुको रातो राहदानी किनेर ल्याएको सगौरब बताउँथे । रातो राहदानीमा विदेश गएर एसाइलम लिनेहरु पुराना दललाई गाली गर्नेहरु पर्दछन् ।
पर्यटन बोर्डमा अत्यधिक कर्मचारी राखेर बोर्डबाट तलब भत्ता मात्रै खुवाउने काम हुँदै आएको छ । अत्याधिक कर्मचारी राखी प्रतिफल नै नआउने गरी संगठनको संरचना गरिएको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) बिपरीत करारमा कर्मचारी राखेर राज्यको ढिकुटीमा लुट मच्चाइएको अवस्था छ । हाकिमहरु भने कोरिया जापानलगायतका देशमा मानव तस्करीमार्फत् अकूत रकम जम्मा गर्ने होडबाजीमा छन् ।
कुनै समय पर्यटन बोर्डमा सुवास निरौलाले रजगज गरी करोडौं रकम घोटला गरेका थिए । उनीबिरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गर्यो । त्यसपछि भने महालेखा परीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका नियामक निकायहरु मस्त निदाएको अवस्था छ । डायरी एक्सप्रेस साप्ताहिकबाट साभार
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश...
काठमाडौँ । लामो समयदेखि आफूखुसी गैर हाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको...
धनगढी । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्युु भएको छ । धनगढी उपमहानगरपालिका-७ की ३५ वर्षीया ज्योति चौधरीको मृत्यु भएको प्रहरीले...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend