Nepal Face
  • मंगलबार, १९ साउन २०८३
  • बाजुरामा विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते 


    मंगलबार, साउन १९ २०८३
    55
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बाजुरामा विषालु च्याउको तरकारी पकाएर खाँदा एक पुरुषको मृत्यु भएको छ। उनकी पत्नी गम्भीर घाइते भएकी छन्।

    बडिमालिका नगरपालिका – ७ धम्कने निवासी ५१ वर्षीय रामे थापाको विषालु च्याउको तरकारी खाँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

    उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर बिरामी परेकी छन्।

    च्याउको तरकारी खाएपछि सिकिस्त भएका उनीहरूलाई राति १०२० बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्‍याइएको थियो।  चिकित्सकले परीक्षण गर्ने क्रममा राति १०:४० बजे रामे थापालाई मृत घोषणा गरेका हुन्।

    गम्भीर बिरामी रहेकी नाम्सरी थापाको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार