Nepal Face
  • सोमबार, १८ साउन २०८३
  • रोमानियामा रेलको ठक्करबाट दुई जना नेपालीको मृत्यु 


    सोमबार, साउन १८ २०८३
    60
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। युरोपेली मुलुक रोमानियामा रेल दुर्घटनामा परी दुई जना नेपालीको मृत्य भएको छ। रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।

    यसबारे रोमानियाका विभिन्न सञ्चारमाध्यमले समाचार प्रसारण गरेका छन्। मृतकहरू २५ र ३६ वर्षका नेपाली नागरिक रहेका तर परिचय भने खुल्न बाँकी रहेको बताइएको छ।

    दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट ३ सय ८ किलोमिटर टाढा पर्ने बाकाउ सहरको चिमीई रेल सडक खण्डमा आइतबार बिहान ३:२१ बजे भएको हो।

    रोमानिया समेत कार्यक्षेत्र रहेको बर्लिनस्थित नेपाली राजदूतावासका तृतीय सचिव दिपेन्द्रप्रसाद साहले घटनाको जानकारी प्राप्त भएको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार