काठमाडौ । मुलुकमा नयाँ सरकारको आगमनसँगै न्यायपालिकाको नेतृत्व परिवर्तन भए पनि सर्वोच्च अदालतमा बिचाराधीन मुद्दाहरुमा हुने गरेको चलखेल रोकिएको छैन ।
यसैक्रममा सर्वोेच्च अदालतमा चलिरहेको अपुताली नामसारी दर्ता सम्बन्धी एक मुद्दामा न्यायलयकै बदनाम हुनेगरी चलखेल गरिरहेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार पाँच बर्षअघि काठमाडौ नक्सालस्थित करिब ५ रोपनी जग्गामा सर्वोेच्चबाट भएको फैसला उपर सर्वोच्चको पूर्ण इजलाशले पुनरावलोकनको आदेश दिएको थियो । करिब अढाई अर्ब मूल्य बराबर रकममा किनबेच हुनसक्ने उक्त ०७८ – Rv- ०१६९ मुद्दामा यही साउन २१ गते अदालतमा पेशी चढेकाले दलालहरु सक्रिय भएका हुन् ।
वादी हिमालदेवी शाह र प्रतिवादी जयन्तीदेवी सिलवाल शाहसमेत रहेको उक्त मुद्दामा न्यायालयकै बदनाम हुनेगरी चलखेल भइरहेको र बिचौलियाले कतिपय न्यायाधीशकै नाम लिएर चलखेल गरिरहेका छन् ।
उक्त मुद्दामा जग्गाको स्वामित्व छोरीको कायम हुने कि बुहारीको हुने भन्ने बिषय अदालतमा बिचाराधीन छ । यही मौका छोपेर बादी हिमालयदेवीको तर्फबाट न्यूरोडको लक्की ज्वेलर्सका संचालक ऋषि ठाकुर, जयन्तीदेवीका तर्फबाट पर्वत पुख्र्यौली घर भएका टिकाराम तिवारी र कमलादेवी राजभण्डारी शाहको तर्फबाट बिजय खेरवाल नामका बिचौलियाले डिल गरिरहेको बताइएको छ ।
त्यसो त तत्कालीन अवस्थामा ठूलै चलखेल गरेर यो मुद्दामा फैसला भएको गुनासो सार्बजनिक भएको थियो । अदालतले समेत यो तथ्यलाई आत्मबोध गर्दै २०७९ साल भदौ २३ गते विश्वम्भरप्रसाद श्रेष्ठ, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलाशले पुनरावलोकन गरी हेर्ने अनुमति प्रदान गरेको थियो ।
अदालत स्वयंले पुनरावलोकन गरी हेर्ने अनुमति दिएको मुद्दामा बिचौलियाले अनेक चासो राख्नुले मुद्दा प्रभावित पार्ने खेलका रुपमा बुझिएको छ । यसतर्फ न्यायालय सजग हुनुपर्ने देखिएको छ ।
६१ किलो सुन तस्करी र लक्की ज्वेलर्सका ऋषि ठाकुर
२०८० साउन ३ गते सिनामंगलबाट राजस्व अनुसन्धान बिभागले बरामद गरेको ६१ किलो सुन तस्करीमा पनि मुछिएका थिए, लक्की ज्वेलर्सका संचालकद्वय ऋषि ठाकुर र मुकुन्द ठाकुर ।
हङकङबाट मोटरसाइकलको ब्रेक सुभित्र लुकाएर काठमाडौं ल्याइएको उक्त सुन राजस्वले बरामद गरेको थियो । उक्त सुन तस्करीमा लक्की ज्वेलर्सका संचालकद्वय ऋषि ठाकुर र मुकुन्द ठाकुरबिरुद्ध राजस्व छली र भन्सार चोरीरपैठारीको कसुरमा विभागबाट अनुसन्धान अघि बढाइएको थियो भने संगठित अपराधका समेत दफा लगाएर साउन २१ मा सीआईबीले मुद्दा चलाएको थियो । तर तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकाशको अन्तिम समयमा २०८१ भदौ अन्तिममा ठाकुरद्वयलाई उन्मुक्ति दिने आदेश भएको थियो ।
ठाकुरको लक्की ज्वेलर्सले तस्करीको सुन (सवा तीन करोडभन्दा बढी मूल्यको) खरिद गरेको खुलेको थियो । काठमाडौं, चितवन र हेटौंडामा ज्वेलरी पसल संचालनमा रहेको लक्की ज्वेलर्सका ठाकुरद्वय त्यतिबेला पनि चलखेलबाटै छुटेका थिए । अहलिे पनि उनीहरु टंगालको यो जग्गामा सेटिङमा दौडेको स्रोतको दाबी छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend