Nepal Face
  • सोमबार, १८ साउन २०८३
  • सर्वोच्चको मुद्दामा दलालको चलखेल


    सोमबार, साउन १८ २०८३
    575
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौ । मुलुकमा नयाँ सरकारको आगमनसँगै न्यायपालिकाको नेतृत्व परिवर्तन भए पनि सर्वोच्च अदालतमा बिचाराधीन मुद्दाहरुमा हुने गरेको चलखेल रोकिएको छैन ।
    यसैक्रममा सर्वोेच्च अदालतमा चलिरहेको अपुताली नामसारी दर्ता सम्बन्धी एक मुद्दामा न्यायलयकै बदनाम हुनेगरी चलखेल गरिरहेको समाचार प्राप्त भएको छ ।

    प्राप्त समाचार अनुसार पाँच बर्षअघि काठमाडौ नक्सालस्थित करिब ५ रोपनी जग्गामा सर्वोेच्चबाट भएको फैसला उपर सर्वोच्चको पूर्ण इजलाशले पुनरावलोकनको आदेश दिएको थियो । करिब अढाई अर्ब मूल्य बराबर रकममा किनबेच हुनसक्ने उक्त ०७८ – Rv- ०१६९ मुद्दामा यही साउन २१ गते अदालतमा पेशी चढेकाले दलालहरु सक्रिय भएका हुन् ।

    वादी हिमालदेवी शाह र प्रतिवादी जयन्तीदेवी सिलवाल शाहसमेत रहेको उक्त मुद्दामा न्यायालयकै बदनाम हुनेगरी चलखेल भइरहेको र बिचौलियाले कतिपय न्यायाधीशकै नाम लिएर चलखेल गरिरहेका छन् ।

    उक्त मुद्दामा जग्गाको स्वामित्व छोरीको कायम हुने कि बुहारीको हुने भन्ने बिषय अदालतमा बिचाराधीन छ । यही मौका छोपेर बादी हिमालयदेवीको तर्फबाट न्यूरोडको लक्की ज्वेलर्सका संचालक ऋषि ठाकुर, जयन्तीदेवीका तर्फबाट पर्वत पुख्र्यौली घर भएका टिकाराम तिवारी र कमलादेवी राजभण्डारी शाहको तर्फबाट बिजय खेरवाल नामका बिचौलियाले  डिल गरिरहेको बताइएको छ ।

    त्यसो त तत्कालीन अवस्थामा ठूलै चलखेल गरेर यो मुद्दामा फैसला भएको गुनासो सार्बजनिक भएको थियो । अदालतले समेत यो तथ्यलाई आत्मबोध गर्दै २०७९ साल भदौ २३ गते विश्वम्भरप्रसाद श्रेष्ठ, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलाशले पुनरावलोकन गरी हेर्ने अनुमति प्रदान गरेको थियो ।

    अदालत स्वयंले पुनरावलोकन गरी हेर्ने अनुमति दिएको मुद्दामा बिचौलियाले अनेक चासो राख्नुले मुद्दा प्रभावित पार्ने खेलका रुपमा बुझिएको छ । यसतर्फ न्यायालय सजग हुनुपर्ने देखिएको छ ।

    ६१ किलो सुन तस्करी र लक्की ज्वेलर्सका ऋषि ठाकुर 

    २०८० साउन ३ गते सिनामंगलबाट राजस्व अनुसन्धान बिभागले बरामद गरेको ६१ किलो सुन तस्करीमा पनि मुछिएका थिए, लक्की ज्वेलर्सका संचालकद्वय ऋषि ठाकुर  र मुकुन्द ठाकुर  ।

    हङकङबाट मोटरसाइकलको ब्रेक सुभित्र लुकाएर काठमाडौं ल्याइएको उक्त सुन राजस्वले बरामद गरेको थियो । उक्त सुन तस्करीमा लक्की ज्वेलर्सका संचालकद्वय ऋषि ठाकुर र मुकुन्द ठाकुरबिरुद्ध राजस्व छली र भन्सार चोरीरपैठारीको कसुरमा विभागबाट अनुसन्धान अघि बढाइएको थियो भने संगठित अपराधका समेत दफा लगाएर साउन २१ मा सीआईबीले मुद्दा चलाएको थियो । तर तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकाशको अन्तिम समयमा २०८१ भदौ अन्तिममा ठाकुरद्वयलाई उन्मुक्ति दिने आदेश भएको थियो ।

    ठाकुरको लक्की ज्वेलर्सले तस्करीको सुन (सवा तीन करोडभन्दा बढी मूल्यको) खरिद गरेको खुलेको थियो । काठमाडौं, चितवन र हेटौंडामा ज्वेलरी पसल संचालनमा रहेको लक्की ज्वेलर्सका ठाकुरद्वय त्यतिबेला पनि चलखेलबाटै छुटेका थिए । अहलिे पनि उनीहरु टंगालको यो जग्गामा सेटिङमा दौडेको स्रोतको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार