काठमाडौं । सुलभ अग्रवालसँग कारोबार देखिएपछि साउन ७ गते पक्राउ परेकी मृदुला सरिया ९ दिनदेखि थुनामा छिन् । सरियालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सम्पत्ति शुद्धीकरण अनुसन्धानमा नियन्त्रणमा लिएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको एनेक्स क्याबिन ६०१ नम्बर ब्याबिनमा भर्ना भएकी सरियाको थुनछेक बहस जारी छ ।
सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीदेखि सरकारी वकिलको नाम लिंदै बिचौलियाहरुले सेटिङमा छुटाउने भन्दै सरियाका बाबु गोविन्द सरिया र ससुरासँग डिल गरेको स्रोतको दाबी छ । बिचौलियाहरुले डिल गरेको सूचना सीआईबी प्रमुख चतुर्वेदीसम्म पुगेपछि सरियाको केस झन् बल्झिएको छ । र, उनी ९ दिनदेखि प्रहरीको निगरानीमा अस्पतालमा बस्दैआएकी छन् ।
बिचौलियाहरुले गर्दा सरियाको केस झन् जटिल बन्दै गएको छ । सीआईबी र सरकारी वकिलको नाम लिएर डिल गर्ने मारवाडी सेवा समितिमा आवद्ध समेत बिचौलियाहरुको खोजी पनि भइरहेको प्रहरी स्रोत बताउँछ ।
मृदुलाको नाममा बिचौलियाहरुले सीआईबी र सरकारी वकिल मिलाउने नाममा पैसा नै उठाएको आरोप छ । यसरी सीआईबी र सरकारी वकिलको बदनाम गर्ने बिचौलियाहरुको खोजी भइरहेको र उनीहरु कुनै पनि बेला पक्राउ पर्नसक्ने स्रोत बताउँछ ।
वीमासम्बन्धी कसुरमा पक्राउ परेकी मृदुलाको साउन ८ गते ४ दिनका लागि म्यादथप भएको थियो । अर्काे पटक साउन ११ गते पुनः ४ दिन म्यादथप भयो । सोमबारदेखि थुनछेक बहस भई मंगलबार वा बुधबार छुट्ने मृदुला ९ दिनदेखि प्रहरीकै नियन्त्रणमा अस्पतालमा छन् । बिचौलियाको यस्तो चलखेलका बारेमा सम्बन्धित निकाय सचेत हुनुपर्ने देखिएको छ ।
सरिया बीमा ऐन, २०७९ कसूर गरेको आरोपमा पक्राउ परेको सीआईबीले जनाएको छ । ट्रष्ट इन्स्योरेन्स ब्रोकरले झापा माइती भएकी मृदुला सरियाको स्वामित्वमा झापामै रहेको जग्गा खरिद गर्न ३ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेको थियो । यो रकम मृदुलाले आफ्नी सासु आमा रेनु अग्रवालको बैंक खातामा पठाएकी थिइन् । फुपूको बैंक खातामा आएको रकम सुलभ अग्रवालले झिकेर लिएका थिए । त्यही रकमको कारोबार देखिएपछि उनी पक्राउ परेकी थिइन् ।
मृदुला सरिया ट्रष्ट इन्स्योरेन्स ब्रोकरकी अध्यक्ष रेनु अग्रवालकी बुहारी हुन । रेनु अग्रवाल शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवालकी बहिनी तथा सुलभ अग्रवालकी फुपू हुन् ।
कृत्रिम कारोबार सिर्जना गरेर हिमालयन रिबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकर, ट्रष्ट इन्स्योरेन्सबाट मृदुला सरिया, मृदुलाबाट रेनु अग्रवाल र रेनुबाट पुनः सुलभ अग्रवालको हातमा पैसा पुगेको खुलेपछि बीमा प्राधिकरणले छानबिन गर्न पत्राचार गरेको थियो ।
हिमालयन रिले ट्रष्ट इन्स्योरेन्स ब्रोकर्सलाई जीवन बीमा कम्पनीबाट बीमा व्यवसाय उपलब्ध गराएबापत दलाली कमिसन खर्च देखाएको छ । जीवन बीमक र पुनर्बीमकबीच प्रत्यक्ष सम्झौता भएकोमा हिमालयन रिले अवैध रुपमा बीचमा मध्यस्थकर्ता खडा गरेर ट्रष्ट इन्स्योरेन्स ब्रोकर्सलाई कमिसन रकम भुक्तानी गरेको खुलेको हो ।
हिमालयन रिले ४ करोड ५० लाख रुपैयाँ कमिसनबापतको रकमबाट १५ प्रतिशत कर कट्टी गरेर बाँकी रकम ट्रष्ट इन्स्योरेन्स ब्रोकर्सको खातामा भुक्तानी गरेको पाइएको छ । हिमालयन रिका लागि १० वटा जीवन बीमकबाट पुनर्बीमा व्यवसाय उपलब्ध गराए करकट्टीपछि ३ करोड ८२ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको हो ।
काठमाडौं । मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिरिषदको कार्यालयले सो प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायबाट विगत ७ बर्षमा मिलेमतोमा खरिद गरिएका स्वास्थ्य...
काठमाडौं । औद्योगिक ब्यवसाय बिकास प्रतिष्ठानका कर्मचारीहरुले २ महिनादेखि तलव भत्ता पाउन सकेका छैनन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले तलब भत्ता खुवाउन र...
नारायणप्रसाद शर्मा काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले ३४ वर्ष अघि अर्थात २०४९ साल चैत्र ८ गते कौडीको मोलमा विक्री गरेको भृकुटी कागज कारखाना बन्द हुनु...
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक हस्तक्षेपले सीमा नाघ्दै गएको छ । सर्वाधिक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यलाई रेडक्रस सोसाइटीको केन्द्रीय कोषाध्यक्षबाट हटाइएको छ ।...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको महानिर्देशक परिवर्तन गरेको छ । मन्त्रालयले यसअघि २ पटक विभागको नेतृत्व सम्हालिसकेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend