Nepal Face
  • सोमबार, १८ साउन २०८३
  • प्रलोपासहित सात राजनीतिक दलले गरे ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने निर्णय 


    सोमबार, साउन १८ २०८३
    100
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जनार्दन शर्मा आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीले मधेश केन्द्रित दलसँग सहकार्य गर्ने भएको छ ।

    प्रलोपासहित जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल लगायत बेग्लै मोर्चाको घोषणा हुन लागेको हो ।

    जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार साउन २३ गते काठमाडौंको बैंकेट थापा गाउँमा कार्यक्रम गरेर मोर्चा घोषणा हुनेछ। सबै पार्टीका शीर्ष नेताहरुबीच सहमतिपछि यो मोर्चाको घोषणा हुने तय भएको हो।

    सोमबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष डा। सीके राउतसहितका नेताहरू छलफलमा जुटेका थिए । ललितपुरमा भएको छलफलमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, जसपा नेपालका नेता जितेन्द्र सोनल पनि सहभागी थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार