Nepal Face
  • सोमबार, १८ साउन २०८३
  • नक्सालबाट २९६.७५ खैरो हेरोइनसहित चार पक्राउ, लागूऔषध मुद्दाका फरार अभियुक्त समेत नियन्त्रणमा


    सोमबार, साउन १८ २०८३
    85
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौं सशस्त्र प्रहरी बल ९एपीएफ० को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६।७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये प्रभात तिवारी लागूऔषध सम्बन्धी मुद्दामा फरार अभियुक्त रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    लागुऔषध भण्डारण तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा एपीएफ इन्टेलिजेन्स ब्युरोबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुवर्ण थापा र सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट नेतृत्वको टोलीले सोमबार दिउँसो करिब १२ः३० बजे छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१ नागपोखरीका ४३ वर्षीय प्रभात तिवारी, सर्लाहीको मलंगवा नगरपालिका–८ निवासी सुजन रायमाझी, काठमाडौं महानगरपालिका–१४ बल्खुका भूपेन्द्र श्रेष्ठ तथा ललितपुर महानगरपालिका–४ बागडोलका ५१ वर्षीय सविन श्रेष्ठ रहेका छन्। उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको एपीएफले जनाएको छ।

    कारबाहीका क्रममा प्रहरीले २९६.७५ ग्राम खैरो हेरोइन, बा ७ च ५१८० नम्बरको होन्डा कार, ट्रामाडोल २२० क्याप्सुल, नाइट्रोभेट १३० क्याप्सुल, चार थान एन्ड्रोइड मोबाइल, तीन थान ल्यापटप, एक थान प्रिन्टर, दुई थान सञ्चार सेट, लागूऔषधमा मिसाउन प्रयोग हुने २२ वटा रासायनिक पदार्थ (केमिकल) का बोतल तथा अन्य सामग्री बरामद गरेको छ।

    त्यसैगरी, एक लाख ९८ हजार ३७५ रुपैयाँ नगद, ३३ अमेरिकी डलर, २० भारतीय रुपैयाँ र एक हजार जापानी येन समेत बरामद भएको जनाइएको छ।

    एपीएफका अनुसार पक्राउ परेका प्रभात तिवारी लागूऔषध सम्बन्धी मुद्दामा फरार अभियुक्त रहेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

    एपीएफ इन्टेलिजेन्स ब्युरोले पछिल्लो एक महिनायता काठमाडौं उपत्यकामा विशेष अपरेशन सञ्चालन गर्दै विभिन्न स्थानबाट लागूऔषध कारोबारीलाई पक्राउ गर्नुका साथै ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार