काठमाडौं । पहुँच हुनेले अख्तियारमा पनि हेराफेरी गर्नसक्छ भन्ने कुरा नेपाल पर्यटन बोर्डका एक उच्च अधिकारीको हकमा लागू हुन्छ ।
पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले गरेको किर्ते कागजातलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर रुपमा छानबिन नगरी सफाइ दिएपछि पहुँच हुनेले आयोगमा समेत मिलाउन सक्दोरहेछ भन्ने आशंका गर्ने ठाउँ दिएको छ ।
पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमको किर्ते कागजातलाई संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेर बचाउ गरेको तथ्य बाहिर आएको छ ।
पर्यटन बोर्डको नियमावलीबिपरीत प्रवन्धक पदको दस्खास्त दिँदा सिफारिस गरेको अनुभवको कागजात अनुसार गौतमले कञ्चन ट्राभल्समा २०५६ पुस १८ गतेदेखि २०५८ पुससम्म काम गरेको देखिन्छ । तर, प्राप्त विवरणअनुसार कञ्चन ट्राभल्स नामक उक्त कम्पनी २०५७ भदौ २१ गतेमात्रै स्थापना र दर्ता भएको छ ।

कन्चन ट्राभल्स दर्ता नै नभई त्यो कम्पनीको किर्ते कागजातका आधारमा नियुक्ति पाएका गौतमको जागरिमा निरन्तरता छ नै दर्ता नहुँदैको मिति राखेर नक्कली अनुभव बनाइदिएको ट्राभल एजेन्सीलाई पनि बम्पर छुट मिलेको छ ।
यसरी अनुभवको कागजात नै किर्ते बनाएर भ्रष्टाचार गरेको प्रष्ट भएको छ । उनले ट्राभलमा काम गर्दा करोस्पोन्डेन्ट मात्रै भएको उल्लेख गरिएको छ । गौतमले २०६४ सालमा बोर्डको प्रवन्धक बन्नका लागि यो फर्जी प्रमाण पेश गरेका हुन् । गौतमले ट्राभल एजेन्सी दर्ता नगर्दै कसरी काम गरे ? दर्ता मितिभन्दा आठ महिना अगाडिको अनुभवको प्रमाणपत्रबाट कसरी नियुक्ति पाए ? आठौं आश्चर्यको विषय बन्न पुगेको छ ।
गौतमले बोर्डमा पेश गरेको डकुमेन्ट फर्जी भएको सहजै प्रमाणित हुन्छ । तर, पहुँच पु¥याएर अहिले पनि विस्तृत अनुसन्धानपछि तामेलीमा राखिएको छ । २०८२ असार ४ गतेको निर्णयले उक्त उजुरी तामेलीमा राखिएको अख्तियारको पैंतिसौं बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पहिलो पटक कारबाहीका लागि पर्यटन बोर्डकै प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएको आयोगले कारबाही नभएपछि पुनः परेको उजुरी पश्चात लामो समयपछि यसरी तामेलीमा रोखिएको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले उनलाई बचाउ गरेका थिए ।
गौतमले नेकपा(एमाले) का महासचिव शंकर पोखरेललाई अंग्रेजी पढाएको भन्दै हिड्ने गरेका छन् । एउटै निर्वाचन क्षेत्र दाङका गौतमलाई पोखरेलकै निगाहमा अख्तियारले बचाएको बुझिएको छ ।
नेपाल पर्यटन बोर्ड कर्मचारी सेवा विनियमावली २०६४ को विनियम ६ को उपविनियम (३) (ङ) मा म्यानेजर अर्थात प्रबन्धक पदका लागि आवश्यक पर्ने योग्यता स्पष्ट छ । जसअनुसार प्रबन्धक पदका लागि नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालय वा सो विश्वविद्यालयबाट मान्यता प्राप्त अन्य शिक्षण संस्थाबाट स्नातकोत्तर स्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरेको हुनुपर्छ । यही प्रावधानअनुसार बोर्डमा नियुक्त हुन गौतमले कञ्चन ट्राभल्स नामक कम्पनीको नक्कली कागजात पेश गरेको र सोही आधारमा नियुक्ति लिइएको देखिन्छ । तर, कञ्चन ट्राभलमा काम गर्दा उनी अधिकृत तहमा काम गरेको कतै खुल्दैन ।
त्यसो त कञ्चन ट्राभल्स एण्ड टुर्स नामक ट्राभल एजेन्सीले लक्ष्मण गौतमले चाहेअनुरूपकै फरक फरक अनुभव प्रमाणपत्र दिएको पाइएको छ । तथापि अख्तियारका अधिकारीले किन र कसरी उनको यो फर्जि कागजातलाई बैद्यता दिए ? आठौं आश्चर्य नै भएको कानूनविद्हरुको जिकिर छ । यस विषयमा पर्यटन बोर्डका निमित्त सिईओ गौतमसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा अख्तियारले विस्तृत अनुसन्धान गरी तामेलीमा राखेको बताए ।
दक्षिण कोरियामा मानव तस्करी गर्ने काममा बोर्डकै कर्मचारी भएको आशंका
बोर्डले जानकारी बिनै कतिपय व्यक्तिको सिफारिस गरी दक्षिण कोरिया पठाएको आशंका गरिएको छ । बोडकै सिफारिसमा दक्षिण कोरियामा हराएका तीन जनाका कारण अहिले बोर्ड कालोसूचीमा परेको छ । बोर्डकै कर्मचारी नै संलग्न भएकाले अहिले पनि नियामक निकायको ध्यान पुग्नसकेको छैन ।
केही समयअघि कोरिया नेपाल केन्द्रको संयोजनमा कार्यक्रम गरी झण्डै आधा दर्जन असम्बन्धित व्यक्तिहरु पठाएको र उनीहरु पनि लुकेको बुझिएको छ । यसरी कोरिया तर्फको व्यवस्थापन लक्ष्मण गौतमकै दाजुले गरेको पनि स्रोतको दाबी छ ।
नेपाल एजुकेशनल कल्चरल सेन्टर सिओलले पनि अबैध रुपमा मान्छे पठाउने गरेको स्रोतले जानकारी दिएको छ । यस सम्बन्धमा सम्र्पक गर्दा सफल हुन सकेन ।
नेपाल–कोरिया मैत्री संघका अध्यक्ष ब्यवसायी रमेश खेतानले स्याङ्जा हरिनासका एक जना थापा थरका व्यक्तिलाई पैसा लिएर कोरिया पठाएका थिए । उनी वैदेशिक रोजगार व्यवसायी हुन् । बैदेशिक रोजगार व्यवसायमा धेरै जनाको रकम ठगी गरेपछि नेपालमा प्रहरीको फरार सूचीमा परेका थापा कोरियाको बंगुर फार्ममा अवैधरुपमा बसेर काम गरेका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend