काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा लुटपाट तथा मोटरसाइकल चोरीका घटनामा संलग्न एक जनालाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा लुटपाटमा संलग्न कर्मा तामाङ रहेका छन् । उनी सिक्री लुटपाट र मोटरसाइकल चोरीका विभिन्न घटनामा संलग्न रहेका व्यक्ति हुन् ।
प्रहरीले शनिबार राति पक्राउ गर्ने क्रममा गोली प्रहार गर्नुपरेको जनाएको छ । गोली लागेर घाइते भएका तामाङको हाल वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था निगरानीमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तामाङ यसअघि पनि पक्राउ परेका व्यक्ति हुन् । उनी जेनजी आन्दोलनका क्रममा फरार भएका थिए र त्यसयता प्रहरीको खोजी सूचीमा रहेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौँ । प्रहरीले काठमाडौँको बुढानीलकण्ठ नगरपालिकास्थित चपली क्षेत्रबाट २२ किलो सुनसहित दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा नेपालमा बसेर अवैध...
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको मत माग्दैमाग्दै विनिता खड्का पक्राउ परेकी छन । शुक्रबार राति केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले उनलाई...
काठमाडौँ । बडादसैँ र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटनाहरू चिन्ताजनक रूपमा बढेका छन् । सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिबास, महोत्तरीका सर्वेक्षक शिवकुमार साहविरुद्ध एक लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले...
काठमाडौँ। न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डे पक्राउ परेका छन्। कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend