काठमाडौं । सामाखुसीस्थित सिटी स्क्वायर मलमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले शुक्रबार साँझ छापा मारेको छ ।
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएका इनाम सापकोटालाई पक्राउ गरेलगत्तै बिचौलियाहरु नवीनराज बस्नेत, दीपक तिमल्सिना, नारायण दाहाल र पूर्व न्यायाधीश नवराज थपलियाको घरमा छापा हानेको सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले सामाखुसी चोकमा रहेको सिटी स्क्वायर मलमा भर्खरै छापा मारेको छ ।
३३ किलो सुुन प्रकरणमा संलग्न रहेका गुप्तलाल भूसाल (रोशन)को मुख्य लगानी रहेको भनिएको सिटी स्क्वायर मलमा पूर्वप्रधानन्यायाधीश राणा र उच्च अदालतका पूर्व न्यायाधीश नवराज थपलियाको समेत लगानी भएको आशंकामा छापा मारिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभाग निकट स्रोतले बताएको छ ।
जबरा र थपलियाको रोशन भूसालसँग कनेक्सन देखिएपछि सिटी स्क्वायर मलमा राखेको आशंका गरी छापा मारिएको स्रोतको दाबी छ ।
भूसालको उक्त बहुतल्ला ब्यापारीक कम्प्लेक्समा पूर्वन्यायाधीशहरु धेरैको लगानी भएको आशंका गरिएको छ ।
सो मलमा ८० करोडभन्दा बढी लगानी पूर्वन्यायाधीशदेखि बिभिन्न ब्यक्तिहरुको भएको सूचना बिभागमा पुगेपछि छापा मारिएको स्रोतको दाबी छ ।
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको मत माग्दैमाग्दै विनिता खड्का पक्राउ परेकी छन् । शुक्रबार राति केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले उनलाई पक्राउ...
काठमाडौं । चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । आयुर्वेद बिभागमा १ दशकभन्दा बढी समय आकर्षक महाशाखामा कार्यरत रही अवकाश पाएका डा. (कविराज) मुनकर्ण थापा सिंहदरबार बैद्यखाना विकास समितिको अध्यक्षमा नियुक्त...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend