Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मूलपानीमा प्रहरीद्वारा लुटेरा समूह समाउन गोली प्रहार


    बिहिबार, माघ १५ २०८२
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रहरीले काठमाडौँको मूलपानीमा लुटेरा समूहलाई पक्राउ गर्न गोली प्रहार गरेको छ ।

    बुधबार राति लुटेरालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली प्रहार गर्दा लुटेरा समूहका एक नाइके घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

    लुटेरालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण प्रयास भएपछि गोली चलाएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार