काठमाडौं । पछिल्ला दिनमा चोरीका घटना बढिरहेका छन् । मूलपानीमा लुटपाट गर्ने समूहलाई गोली हानी पक्राउ गरेको प्रहरीले गएराति करिब ७० तोलाको सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा अर्को समूहलाई पक्राउ गरेको छ ।
मूलपानीमा जस्तै प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिकाको महांकालबाट एक जनालाई गोली हानेरै पक्राउ गरेको छ ।
प्रहरीका अनुसार नेपालगन्ज घर भएका प्रेम थारुलाई गएराति करिब ११ः३० बजे नियन्त्रणमा लिन खोज्दा उनी भाग्न प्रयास गरेपछि गोली प्रहार गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले बौद्ध क्षेत्रबाट हराएको सुनचाँदीका गरगहनासँग सम्बन्धित अनुसन्धानका क्रममा थारुलाई शंका लागेर चेकजाँच गर्दा उनले प्रहरीमाथि आक्रमण गरेको बताए ।
आक्रमणपछि नियन्त्रणमा लिन बाध्य भएर प्रहरीले गोली चलाएको उनको भनाइ छ ।
प्रहरीका अनुसार थारु यसअघि २०७९ सालमा चोरी मुद्दामा ३ वर्ष जेल सजाय भोगेर रिहा भएका थिए ।
गोली थारुको खुट्टामा लागेको र हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend