रमेश थापा र दिलीप घिमिरे
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी परिवर्तन गर्न लागेका छन् ।
शनिबार भैंसेपाटीस्थित सशस्त्रका एक एसएसपीको घरमा गृहमन्त्री गुरुङ र केही प्रहरी अधिकृतको बैठक भएपछि काठमाडौंका एसएसपी परिवर्तन गर्ने छलफल भएको स्रोतले बताएको छ ।
मन्त्री गुरुङ शुक्रबार जिल्ला प्रहरी परिसर ललितपुरमा पुगेका थिए । जहाँ ललितपुरका एसएसपी होविन्द्र बोगटीले एसएसपी दिलीप घिमिरे, झापाकी एसपी बसुन्धरा खड्का र सशस्त्रका एसएसपी राजेश घिमिरेसँग भेटघाटको संयोजन गरेका थिए । खड्का एसएसपी घिमिरेकी पत्नी हुन् । राजेश दिलीपका भाइ हुन् ।
मन्त्री गुरुङ राजेश घिमिरेसँग शनिबार भेट्नेगरी ललितपुर परिसरबाट बिदा भएका थिए । शनिबार भैंसेपाटीमा छलफलपछि काठमाडौंका एसएसपी रमेश थापालाई परिवर्तन गरी दिलीप घिमिरेलाई कमाण्ड दिने तय भएको स्रोतको दाबी छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend