काठमाडौँ । बडादसैँ र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटनाहरू चिन्ताजनक रूपमा बढेका छन् ।
सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको प्रलोभन देखाउने र अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उपभोक्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।
पछिल्लो समय अनलाइन सपिङको मोह बढ्दै जाँदा प्रविधिलाई दुरुपयोग गर्दै ठगी गर्ने क्रम पनि ह्वात्तै बढेको छ ।
भौतिक रूपमा पसलमा गएर किनमेल गर्नुको सट्टा घरमै बसेर मोबाइलमार्फत अर्डर गर्ने बानीको फाइदा उठाउँदै अपराधीहरूले टिकटक, फेसबुक र इन्स्टाग्रामलाई मुख्य हतियार बनाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक ९डीएसपी० वीरेन्द्र पासवानकाअनुसार गत वर्षको तुलनामा यस वर्ष अनलाइन ठगीका उजुरीहरू दिनानुदिन थपिँदै गएका छन् ।
प्रहरीकाअनुसार हालै पोखराका एक पीडितले ‘सन्ध्या कलेक्सन ३५’ नामक टिकटक आइडीबाट सामान किन्ने क्रममा ४ लाख ४२ हजार रुपैयाँ गुमाउनु परेको घटना सार्वजनिक भएको छ । पीडितलाई सामान्य ५ सय रुपैयाँको कुर्था खरिद गर्ने क्रममा ‘अग्रिम भुक्तानी’को प्रलोभन देखाई पटक–पटक रकम ट्रान्सफर गर्न लगाई खाता नै रित्याइएको थियो । सोही घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले धनगढीबाट एक १७ वर्षीय किशोरलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
उनले भने, ‘कुनै पनि व्यक्तिगत सामाजिक सञ्जालको पेज वा टिकटक आइडीमार्फत हुने अस्वाभाविक सस्तो अफरबाट सचेत रहनुहोस् । अनलाइन भुक्तानी गर्दा सकेसम्म डेलिभरी भइसकेपछि मात्र पैसा तिर्ने विधि अपनाउनु सबैभन्दा सुरक्षित हुन्छ ।’
प्रहरीले अनलाइन सपिङ गर्दा विशेष सावधानी अपनाउन र आधिकारिक दर्ता भएका विश्वासिला पोर्टलहरूबाट मात्र सामान खरिद गर्न सुझाव दिएको छ । साइबर अपराधबाट बच्नका लागि उपभोक्ता आफैँ सचेत हुनुपर्ने प्रहरीको भनाइ छ । दर्ता नभएका अनलाइन पसलहरूलाई विश्वास नगर्ने, जथाभाबी अग्रिम रकम नपठाउने र शंकास्पद अफरहरूमा नलोभिने कार्यले मात्र यस्ता ठगीका घटनाहरूलाई न्यूनीकरण गर्न सकिने प्रहरीको निष्कर्ष छ ।
काठमाडौँ। नेकपा(एमाले)ले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो। आउँदो...
काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ। आज बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो...
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुने कार्यक्रम छ । दिउँसो साढे २ बजेबाट मतदान सुरु गर्ने भनिएपनि...
काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन कुमार थापा र आफूले कुनै पनि निश्चित उम्मेदवारलाई भोट हाल्नका लागि कसैलाई निर्देशन वा दबाब...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०को वरिष्ठ नेताको शपथ लिएकी छन्। बिहीबार एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले पद तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend