Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • काम नगर्ने ठेकेदारबिरुद्ध सरकार निर्मम, भैरहवा विमानस्थलको ट्याक्सी वेको ठेक्का रद्द गर्ने तयारी


    बुधबार, असार १० २०८३
    4.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । ठेक्का लिएर तोकिएको अवधिमा सम्पन्न नगर्ने निर्माण कम्पनीबिरुद्ध सरकार निर्ममरुपमा प्रस्तुत भइरहेको छ । सरकारले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का लिएर पटक–पटक म्यादथप गर्दा पनि १० प्रतिशतमात्र काम गरेपछि पटेल–रमण जेभीको ठेक्का रद्द गरी क्षतिपूर्ति असुलीको प्रक्रिया सुरु गरेको छ । इलाम–झापा फाष्टट्रयाकको ठेक्का पनि समयमा काम नभएपछि रद्द गर्न पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्देशन दिइसकेका छन् ।

    यसैगरी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समानान्तर ट्याक्सी वेसहितका संरचना निर्माणको ठेक्का पाएको कम्पनीले सम्पन्न गरिसक्नुपर्ने मितिमा १७ प्रतिशतमात्र काम गरेकाले उक्त ठेक्का पनि रद्द गर्ने प्रक्रिया सुरु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणमाथि दबाब परेको छ ।

    २०८० असारमा ठेक्का सम्झौता भएको ट्याक्सी वे निर्माण १७ प्रतिशतमात्र भएको छ । निर्माण सम्पन्न भइसक्नुपर्ने मितिमा १७ प्रतिशतमात्र काम भएपछि उक्त ठेक्का पनि रद्द तोड्न नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोललाई दबाब परेको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले ट्याक्सी वेको ठेक्का आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभीलाई दिएका थिए । कुल लागत ३ अर्ब ९९ करोड ४९ लाख ९३ हजार ७१० रुपैयाँको ट्याक्सी वेको ठेक्का तोडिने भएपछि सब कन्ट्याक्टर नवीन बस्नेत पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग अनुनय बिनय गरी म्यादथप गर्न दौडधूप गरिरहेका छन् । आशिष निर्माणका निर्माण गौली, बुद्ध हिमालीका धनबहादुर बुढा, क्षमादेवीका राजकुमार बस्नेत र नवीन बिचौलियामार्फत् म्यादथप गर्ने दाउमा छन् ।

    गौतम बुद्ध विमानस्थलको ट्याक्सी वेको ठेक्कामा नवीन बस्नेतको सान्दर्भिक पनि आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभीको सबकन्ट्याक्टरका रुपमा काम गर्दैआएको छ ।
    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वेको ठेक्का प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले सेटिङमा आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभीलाई दिएको आरोप लागेको थियो । जुन सेटिङ बस्नेतले नै गरेको चर्चााा त्यतिबेला पनि भएको थियो । अधिकारी भ्रष्टाचार अभियोगमा निलम्बन भई बिशेष अदालतको आदेशले थुनामा छन् ।

    प्रदीप अधिकारीले गौतम बुद्ध विमानस्थलको समानान्तर ट्याक्सी वे निर्माणको परामर्शदाता छनोटमा समेत अनियमितता गरी सेटिङमै छनोट गरेका थिए । विमानस्थलको ट्याक्सी वे निर्माणको डिजाइन र सुपरभिजनका लागि सिंगापुरको कम्पनी मिन्हार्ट लिमिटेडसँग सम्झौता गरेका थिए ।

    नेपाली कम्पनी कार्ड कन्सल्ट र नेपाल कन्सल्टसँगको समन्वयमा मिन्हार्ट लिमिटेडले परामर्श सेवा दिनेगरी छनोट गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार