काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक र तथ्यहीन रहेको जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलाई लक्षित गरी यस्ता अफवाह फैलाइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
हालै भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधनको क्षति भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललगायतका सुरक्षाकर्मी खोज, उद्धार, राहत तथा पुनस्स्थापनाको कार्यमा निरन्तर खटिइरहेको विज्ञप्तिमा उल्लेख छ।
कठिन परिस्थितिमा सुरक्षाकर्मीले आफ्नो ज्यानको समेत प्रवाह नगरी विपद्मा परेका नागरिकको उद्धार, बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, फेला परेका शवको व्यवस्थापन तथा राहत सामग्री वितरणलगायत मानवीय कार्यमा भूमिका निर्वाह गरिरहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीसँग राहत सामग्री भण्डारणमा रहेको भन्ने दाबीसमेत असत्य रहेको स्पष्ट गर्दै प्रहरीले विपद्का बेला उद्धार तथा राहतमा खटिएका राष्ट्रिय सुरक्षाकर्मीको मनोबलमा असर पर्ने गरी अफवाह फैलाउनु गैर जिम्मेवार कार्य भएको जनाएको छ।
यस्ता कपोलकल्पित आरोप र भ्रामक सूचना प्रसार हुँदा आम नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना हुन सक्ने तथा विपद् व्यवस्थापनसम्बन्धी संवेदनशील कार्यसमेत प्रभावित हुन सक्ने प्रहरीको भनाइ छ।
नेपाल प्रहरीलगायतका सुरक्षाकर्मी विपद्का समयमा नागरिकको जीवन रक्षा, खोज तथा उद्धार तथा मानवीय सेवामा निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रहरीले राष्ट्रिय सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने र नागरिकमा भ्रम सिर्जना गर्ने किसिमका अफवाह तथा अपुष्ट सूचनाको प्रचारप्रसार नगर्न सबैसँग आग्रह गरेको छ।

काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend