Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अमेरिका–इरान–युद्धविराम र कर घटाउँदा पनि पेट्रोलियम पदार्थमा मूल्य किन बढाइयो ?


    शुक्रबार, चैत्र २७ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरिका–इरान युद्धबिराम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटिसक्दा पनि नेपाल आयल निगमले बिहीबार रातिदेखि पुनः पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ ।

    यसैसाता सरकारले पेट्रोलियम पदार्थमा लाग्दैआएको कर ५० प्रतिशत घटाउँदा पनि निगमले पेट्रोलदेखि खाना पकाउने एलपीजी ग्याँसको समेत भाउबृद्धि गरी उपभोक्तामाथि महंगीको भार थोपर्ने काम गरेको छ ।

    निगमले पेट्रोलमा प्रतिलिटर १७ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँले मूल्य बढाएको हो । निगमले बिहीबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिशिलिन्डर १०० रुपैयाँ मूल्य बढाइएको छ ।
    त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ ६ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

    निगमले शुक्रबारदेखि लागू हुनेगरी बृद्धि गरेको नयाँ मूल्यसूची अनुसार अब काठमाडौँ उपत्यका (तेस्रो वर्ग) मा पेट्रोल २ सय १९ रुपैयाँ, डिजेल र मट्टितेल २ सय ७ रुपैयाँ, एलपी ग्यास प्रतिसिलिन्डर २ हजार १० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक) २५७ रुपैयाँ प्रतिलिटर तोकिएको छ ।

    यस्तो छ नयाँ मूल्यसूची

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार