Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • ट्रेड युनियन खारेज गर्ने घोषणाको प्रभावः राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग


    आइतबार, चैत्र १५ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले शुक्रबार शासकीय सुधारसम्बन्धी १ सय कार्यसूचीमा कर्मचारीहरुका ट्रेड युनियन खारेज गर्ने निर्णय गरेसँगै आइतबार राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी यूनियन भंग भएको छ । युनियनका अध्यक्ष राजु ओलियाले नै यूनियन भंग भएको  विज्ञप्ति निकालेका छन् ।

    राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी यूनियन भंग गरिएको विज्ञप्तिमा भनिएको छ–नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरुमध्ये (ख) को (उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता) बुँदा नं १२ मा उल्लेख भएबमोजिमको निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी यूनियन मिति २०८२ चैत्र १५ गतेबाट भङ्ग गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार