काठमाडौं । यो बर्षको एसईई परीक्षाका लागि आवेदन फाराम भर्ने प्रक्रिया सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी, भक्तपुरले आगामी माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का लागि आवेदन फाराम भर्ने प्रक्रिया सुरु गरेको हो ।
बोर्डका अनुसार शैक्षिक सत्र २०८२ मा कक्षा १० मा अध्ययनरत नियमित विद्यार्थीहरूले कात्तिक १७ गतेदेखि मंसिर १६ गतेभित्र आवेदन फाराम भरी परीक्षा दस्तुरसहित सम्बन्धित विद्यालयमा बुझाउनुपर्नेछ ।
विद्यार्थीहरूले प्रतिव्यक्ति पाँच सय रुपैयाँ परीक्षा दस्तुर बुझाउनुपर्नेछ । सोही अवधिभित्र विद्यालयहरूले संकलित फारामहरू शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा वा महाशाखामार्फत पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
बोर्डले साधारण, परम्परागत र प्राविधिक धारका विद्यार्थीका लागि रजिष्ट्रेसन अर्धकट्टी, कक्षा ८ उत्तीर्ण प्रमाणपत्र, प्रमाणित जन्मदर्ता प्रमाणपत्र र विद्यालय पोसाकमा खिचिएको दुई प्रति पासपोर्ट साइज फोटो टाँसी फाराम बुझाउन निर्देशन दिएको छ ।
त्यस्तै, खुला, वैकल्पिक र अनौपचारिक प्रौढ विद्यालयका विद्यार्थीहरूले सम्बन्धित निर्देशिकाअनुसार आवश्यक सिफारिस र प्रमाणपत्र संलग्न गर्नुपर्ने बोर्डले जनाएको छ ।
खुला तथा वैकल्पिक कार्यक्रमअन्तर्गत कक्षा ८ वा सो सरहको परीक्षा दुई वर्षअघि पास गरेका विद्यार्थी मात्र सहभागी हुन पाउने व्यवस्था छ ।
अनौपचारिक विद्यालयका विद्यार्थीका हकमा विद्यालयको अनुमति पत्र र अन्य प्रमाणिकरण कागजात समन्वय इकाईमार्फत एकिन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सबै विद्यालय र विद्यार्थीहरूलाई तोकिएको म्यादभित्र फाराम भर्ने प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend