काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) को अध्यक्ष चयन प्रक्रियाले विवादास्पद मोड लिएको छ ।
त्रिभुवन विश्वविद्यालयका निवर्तमान परीक्षा नियन्त्रक पुष्पराज जोशी प्रशासनिक असफलता र योग्यता ढाँटेको गम्भीर आरोपका बाबजुद मुख्य दाबेदारका रूपमा अगाडि आएपछि यसले तरंग पैदा गरेको छ ।
उच्चस्तरीय छानबिन समितिले विभागीय कारबाहीका लागि सिफारिस गरेका व्यक्तिलाई देशको सर्वोच्च परीक्षा नियामक निकायको नेतृत्व सुम्पिने तयारी गरिएको भन्दै शिक्षाविद् र विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् ।
१. उत्तरपुस्तिका काण्ड, पदमुक्त र कारबाहीका लागि सिफारिस
जोशीको उम्मेदवारीमाथि लागेको सबैभन्दा ठूलो दाग पूर्व रजिस्ट्रार डा. चन्द्रमणि पौडेलको अध्यक्षतामा गठित उच्चस्तरीय छानबिन समितिले बुझाएको १३० पृष्ठको प्रतिवेदन हो ।
सयौँ विद्यार्थीहरूको उत्तरपुस्तिका हराएको र नष्ट गरिएको विषयमा छानबिन गर्न यो समिति गठन गरिएको थियो ।
समितिको निष्कर्ष स्पष्ट छः प्रतिवेदनले तत्कालीन परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित सात जना पदाधिकारीलाई तत्काल कारबाही गर्न सिफारिस गरेको छ ।
प्रतिवेदनका अनुसार जोशी र उनको टोलीले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको र उनीहरूको चरम लापरबाहीका कारण नतिजा प्रकाशन हुन बाँकी रहेका उत्तरपुस्तिकाहरू पनि पुराना उत्तरपुस्तिकासँगै धुल्याउन (नष्ट गर्न) पठाइएको भेटिएको छ । पौडेल समितिले यस्ता लापरबाही गर्ने अधिकारीहरू परीक्षा नियन्त्रण कार्यालयमा बस्न योग्य नरहेको निष्कर्ष निकालेको थियो ।
२. कार्य अनुभवमा कैफियत; त्रि–चन्द्र फर्केपछि पनि पुरानै पदको दाबी
अर्को गम्भीर प्रश्न जोशीको वर्तमान कार्यस्थिति र अनुभवको विवरणमा उठेको छ । स्रोतका अनुसार जोशीले परीक्षा नियन्त्रकको रूपमा आफ्नो कार्यकाल पूरा गरी आफ्नो दरबन्दी रहेको त्रि–चन्द्र क्याम्पसमा फर्किसकेका छन् । तर, NEB अध्यक्षको प्रतिस्पर्धामा जाँदा उनले हालको वास्तविक कार्यस्थितिको साटो ‘परीक्षा नियन्त्रक’ को अनुभव र ओहोदालाई नै मुख्य आधार बनाएर विवरण पेश गरेको पाइएको छ । क्याम्पसमा प्राध्यापन पेशामा फर्किसकेको अवस्थामा पनि नियन्त्रककै हैसियतमा लाभ लिन खोज्नु नैतिक रूपमा गलत मानिएको छ ।
३. दर्जा कीर्तेको आरोप, विशिष्ट श्रेणी कि सहप्राध्यापक
जोशीको आवेदनमा उल्लेख गरिएको श्रेणीको विषयले विवादलाई थप उग्र बनाएको छ । जोशीले बोर्ड अध्यक्षका लागि आवश्यक उच्चस्तरीय नेतृत्वको मापदण्ड पूरा गर्न आफ्नो परीक्षा नियन्त्रकको कार्यकाललाई ‘विशिष्ट श्रेणी’ (Special Class/Bisistha Sreni) सरह दाबी गरेका छन् ।
तर, त्रिभुवन विश्वविद्यालय र निजामती सेवाको मर्यादाक्रम अनुसार वास्तविकता फरक छ :
परीक्षा नियन्त्रकको पद सामान्यतया राजपत्रांकित प्रथम श्रेणीसँग मेल खान्छ ।
जोशीको वास्तविक प्राज्ञिक पद सह-प्राध्यापक (Associate Professor) हो, जुन कुनै पनि हालतमा बोर्डका उच्च पदहरूका लागि आवश्यक ‘विशिष्ट श्रेणी’ सँग मेल खाँदैन ।
आफ्नो दर्जालाई ‘प्रथम श्रेणी’ बाट ‘विशिष्ट श्रेणी’ मा बढाइचढाइ गरी जोशीले बोर्डको कडा छनोट मापदण्डलाई छल्न खोजेको आरोप लागेको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend