काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) को अध्यक्ष चयन प्रक्रियाले विवादास्पद मोड लिएको छ ।
त्रिभुवन विश्वविद्यालयका निवर्तमान परीक्षा नियन्त्रक पुष्पराज जोशी प्रशासनिक असफलता र योग्यता ढाँटेको गम्भीर आरोपका बाबजुद मुख्य दाबेदारका रूपमा अगाडि आएपछि यसले तरंग पैदा गरेको छ ।
उच्चस्तरीय छानबिन समितिले विभागीय कारबाहीका लागि सिफारिस गरेका व्यक्तिलाई देशको सर्वोच्च परीक्षा नियामक निकायको नेतृत्व सुम्पिने तयारी गरिएको भन्दै शिक्षाविद् र विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् ।
१. उत्तरपुस्तिका काण्ड, पदमुक्त र कारबाहीका लागि सिफारिस
जोशीको उम्मेदवारीमाथि लागेको सबैभन्दा ठूलो दाग पूर्व रजिस्ट्रार डा. चन्द्रमणि पौडेलको अध्यक्षतामा गठित उच्चस्तरीय छानबिन समितिले बुझाएको १३० पृष्ठको प्रतिवेदन हो ।
सयौँ विद्यार्थीहरूको उत्तरपुस्तिका हराएको र नष्ट गरिएको विषयमा छानबिन गर्न यो समिति गठन गरिएको थियो ।
समितिको निष्कर्ष स्पष्ट छः प्रतिवेदनले तत्कालीन परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित सात जना पदाधिकारीलाई तत्काल कारबाही गर्न सिफारिस गरेको छ ।
प्रतिवेदनका अनुसार जोशी र उनको टोलीले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको र उनीहरूको चरम लापरबाहीका कारण नतिजा प्रकाशन हुन बाँकी रहेका उत्तरपुस्तिकाहरू पनि पुराना उत्तरपुस्तिकासँगै धुल्याउन (नष्ट गर्न) पठाइएको भेटिएको छ । पौडेल समितिले यस्ता लापरबाही गर्ने अधिकारीहरू परीक्षा नियन्त्रण कार्यालयमा बस्न योग्य नरहेको निष्कर्ष निकालेको थियो ।
२. कार्य अनुभवमा कैफियत; त्रि–चन्द्र फर्केपछि पनि पुरानै पदको दाबी
अर्को गम्भीर प्रश्न जोशीको वर्तमान कार्यस्थिति र अनुभवको विवरणमा उठेको छ । स्रोतका अनुसार जोशीले परीक्षा नियन्त्रकको रूपमा आफ्नो कार्यकाल पूरा गरी आफ्नो दरबन्दी रहेको त्रि–चन्द्र क्याम्पसमा फर्किसकेका छन् । तर, NEB अध्यक्षको प्रतिस्पर्धामा जाँदा उनले हालको वास्तविक कार्यस्थितिको साटो ‘परीक्षा नियन्त्रक’ को अनुभव र ओहोदालाई नै मुख्य आधार बनाएर विवरण पेश गरेको पाइएको छ । क्याम्पसमा प्राध्यापन पेशामा फर्किसकेको अवस्थामा पनि नियन्त्रककै हैसियतमा लाभ लिन खोज्नु नैतिक रूपमा गलत मानिएको छ ।
३. दर्जा कीर्तेको आरोप, विशिष्ट श्रेणी कि सहप्राध्यापक
जोशीको आवेदनमा उल्लेख गरिएको श्रेणीको विषयले विवादलाई थप उग्र बनाएको छ । जोशीले बोर्ड अध्यक्षका लागि आवश्यक उच्चस्तरीय नेतृत्वको मापदण्ड पूरा गर्न आफ्नो परीक्षा नियन्त्रकको कार्यकाललाई ‘विशिष्ट श्रेणी’ (Special Class/Bisistha Sreni) सरह दाबी गरेका छन् ।
तर, त्रिभुवन विश्वविद्यालय र निजामती सेवाको मर्यादाक्रम अनुसार वास्तविकता फरक छ :
परीक्षा नियन्त्रकको पद सामान्यतया राजपत्रांकित प्रथम श्रेणीसँग मेल खान्छ ।
जोशीको वास्तविक प्राज्ञिक पद सह-प्राध्यापक (Associate Professor) हो, जुन कुनै पनि हालतमा बोर्डका उच्च पदहरूका लागि आवश्यक ‘विशिष्ट श्रेणी’ सँग मेल खाँदैन ।
आफ्नो दर्जालाई ‘प्रथम श्रेणी’ बाट ‘विशिष्ट श्रेणी’ मा बढाइचढाइ गरी जोशीले बोर्डको कडा छनोट मापदण्डलाई छल्न खोजेको आरोप लागेको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend