काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले विवादित सहसचिव रमाकान्त तिवारीलाई प्रशासन महाशाखा प्रमुख बनाउन लागेका छन् ।
तिवारीलाई उत्तरपुस्तिकामा अनियमितता गरेकोमा २०६९ साउन १४ गते तत्कालीन उच्च माध्यमिक शिक्षा परिषदले नसिहत दिएको थियो । तिनै नसिहत पाएका तिवारीलाई प्रशासन महाशाखा प्रमुख बनाउन सदस्य सचिव अर्यालले शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलसमक्ष अनुरोध गरिरहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै निर्देशनमा तिवारीलाई परिषदले नसिहत दिएको थियो । तर अख्तियारले नसिहत दिन निर्देशन दिएका तिनै तिवारी सदस्य सचिव अर्यालका प्रियपात्र भएका छन् । उनलाई प्रशासन महाशाखा प्रमुख बनाउन अर्याल निकै जोडबलका साथ लागेका छन् ।
बुधबारमात्रै अर्यालले शिक्षा मन्त्रालयका सचिव पौडेललाई भेटेरै सहसचिव तिवारीलाई राष्ट्रिय परीक्षा बोर्डको प्रशासन महाशाखा प्रमुख बनाउनका लबिईङ गरिसकेका छन् । अर्यालको उच्च शिक्षा माध्यमिक परिषदमा हँुदा नै सेटिङ चल्ने भएकाले अध्यक्ष नभएको मौका छोपी उनलाई प्रशासन महाशाखा प्रमुख बनाउन लागिएको बोर्डकै कर्मचारीहरु बताउँछन् ।
तिवारीका बिरुद्ध तत्कालीन उच्च मावि शिक्षा परिषदको २०६७ सालमा सञ्चालित कक्षा ११ र १२ को परीक्षाका लागि छपाइएका उत्तरपुस्तिकामा अनियमितता गरेको उजुरी परेको थियो । छपाई भइआएका उत्तरपुस्तिकाहरुको गुणस्तर परीक्षण, गणना तथा उचित भण्डारणका साथै वितरणको मुख्य जिम्मेवारी तिवारीले पाएका थिए । तर उनले छपाई भइआएका उत्तरपुस्तिकाहरु गणना नै नगरी भर्पाई गरी बुझिलिएका थिए ।

परिषद्को जिम्मेवार अधिकृतले बुझिलिएका उत्तरपुस्तिकाहरु ठूलो परिमाणमा भएकाले बण्डलमा केही कमी हुन गएको देखिंदा भविष्यमा यस प्रकारको त्रुटि नदोहोरियोस् भन्नका लागि परिषद्कै नियमावली बमोजिम कारवाही गर्नका लागि अख्तियारले २०६८ माघ ६ गते निर्देशन दिएको थियो ।
अख्तियारको निर्देशन अनुसार परिषद्को २०६९असार १२ को १६२ औं बैठकको निर्णय अनुसार नसिहत दिइएको थियो । परिषदका तत्कालीन सदस्य सचिव भीमलाल गुरुङको हस्ताक्षरमा उनलाई नसिहत दिइएको थियो । उपसचिव रमाकान्त तिवारी ४ दिनअघि पुस १४ गतेमात्र सहसचिवमा बढुवा भएका थिए । उनले बढुवाको पत्र बुधबार मात्र पाएका हुन् ।
यसैबीच, राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले आफ्नै भाइ रामेश्वर अर्याललाई लेखा अधिकृतमा बढुवा गरेका छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend