काठमाडौं । यो बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि सुरु हुँदैछ । आज बिहान ८ बजेदेखि सञ्चालन हुने परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सामेल हुने भएका छन् ।
यो बर्षको एसईई परीक्षाको नतिजा १ महिनाभित्रै प्रकाशित गर्ने तयारी छ । प्रधानमन्त्री बालेन्द्र शाहले १५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न निर्देशन दिनुभएतापनि व्यस्त कार्यतालिका र प्राविधिक कारणले १५ दिनमा सम्भव नहुने भएपछि एक महिनाभित्र प्रकाशित गर्ने तयारी भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्नेगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तालिका बुझाएको थियो ।
स्रोतका अनुसार बोर्डले बुझाएको कार्यतालिका तालिका लिएर मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री शाहसँग परामर्श गरेका थिए । प्रधानमन्त्री शाहले सकेसम्म चाँडै परीक्षाफल प्रकाशित गर्न निर्देशन दिएपछि बोर्डले एक महिनामै परीक्षाफल प्रकाशित गर्न गृहकार्य सुरु गरेको छ ।
बोर्डले परीक्षा सकेलगत्तै सोही परीक्षा केन्द्रबाट परीक्षण गरेको उत्तरपुस्तिका बोर्डलाई बुझाउनुपर्नेछ । अर्थात् केन्द्रमा सबै परीक्षा सकेको भोलिपल्ट सबै विषयको उत्तरपुस्तिका केन्द्रमा बुझाउनुपर्नेछ ।
उच्चस्रोतका अनुसार हिजो बसेको बोर्डको बैठकले उत्तरपुस्तिका परीक्षणसम्बन्धी कार्यविधि तयार गरी छलफल गरेको छ । सम्भवतः केही हेरफेर नभएदेखि एक दुई दिनमा कार्यविधि पारित भई लागू हुने र कार्यविधिमा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था हुने स्रोतले बतायो ।
आफ्नै विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न नमिल्ने विषय कार्यविधिमा लेखिएको छ । परीक्षामा केन्द्राध्यक्षले कसलाई उत्तरपुस्तिका परीक्षण गर्ने जिम्मा दिने त्यस विषयमा निर्णय गर्नेछन् ।
केन्द्रका सम्बन्धित विद्यालयका निरीक्षकले फरक विद्यालयको उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ । कार्यविधिको मस्यौदामा परीक्षा सकिएपछि नम्बर इन्ट्री, स्क्रुटिङ र सम्परीक्षण गर्नेसम्म सबै काम सकेर बोर्डले परीक्षाफल प्रकाशित गर्न मिल्नेगरी नम्बर पठाउनुपर्नेछ ।
एसईई परीक्षा सुरु हुनु एक दिनअघि कार्यविधि परिवर्तन भएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend