काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुमा भाँडभैलो सुरु भएको छ । जेनजी आन्दोलन सुरु भएको दिन भदौै २३ गते राजीनामा दिइसकेका अध्यक्ष डा. सुजन कडरियालाई पुनः अध्यक्षकै रुपमा जिम्मेवारीमा फर्किएपछि अनेरास्ववियुमा आरोप प्रत्यारोप चलेको छ ।
महासचिव दीपक धामीले मंगलबार ‘जेन जी’ आन्दोलन पश्चात् देशमा घटित परिस्थितिको हवाला दिई दृढतापूर्वक नेतृत्व गर्नुपर्ने बेला सङ्गठनलाई ध्वस्त पार्ने नियतका साथ कायरतापूर्वक राजीनामा दिएर अध्यक्ष पद परित्याग गरेका निवर्तमान अध्यक्ष सुजन कडरियाले गैरजिम्मेवार, अराजक र अनुशासनहीन हर्कतको भत्र्सना गरेका छन् ।
धामीले विज्ञप्तिमा भनेका छन्–अनेरास्ववियु सदैव अनुशासन, संयमता, सांगठनिक निष्ठा तथा नैतिक मुल्यमा आधारित राजनीतिक सचेतनालाई आफ्नो पर्यायको रूपमा स्थापित गरेको गौरवशाली संगठन भएको कुरा सर्वविदितै छ ।
केही दिनदेखि अनेरास्ववियुको आधिकारिक फेसबुक पेज तथा संगठनको लेटरप्याड समेत दुरुपयोग हुँदै आएका घटनाप्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ । ‘जेन जी’ आन्दोलन पश्चात् देशमा घटित परिस्थितिको हवाला दिई दृढतापूर्वक नेतृत्व गर्नुपर्ने बेला सङ्गठनलाई ध्वस्त पार्ने नियतका साथ कायरतापूर्वक राजीनामा दिएर अध्यक्ष पद परित्याग गरेका निवर्तमान अध्यक्ष सुजन कडरियाले गरेको गैरजिम्मेवार, अराजक र अनुशासनहीन हर्कतप्रति अनेरास्ववियु घोर भत्सर्ना गर्दछ ।
संगठनको गरिमालाई धुलिसात गर्ने, आफ्नो निहित स्वार्थको लागि सङ्गठनको गरिमामाथि बुट बजार्ने, अनधिकृत रुपमा संगठनको केन्द्रीय कार्यालयमा प्रवेश गरी तोडफोड गर्ने जस्ता अराजक र अराजनीतिक गतिविधिहरु तुरून्तै बन्द गर्न अनेरास्ववियु चेतावनी दिन चाहन्छ ।
संगठनप्रति आस्थावान आम कार्यकर्ताहरुलाई यस्ता क्रियाकलाप बाट टाढा रहन र राजनीतिक नैतिकता गुमाइसकेको ब्यक्तिलाई स्थापित गर्न र संगठनको आन्तरिक जीवनमा विभाजन गर्न दिनरात नभनी लागेका केही असन्तुष्ट तत्वहरुबाट भ्रमित नभई संगठनको मूल्य–मान्यता तथा अनुशासनमा रही आफ्ना जिम्मेवारी पूरा गर्न हार्दिक अनुरोध गर्दछौं । साथै आम संचारमाध्यमलाई यस्ता अराजक गतिविधिलाई प्रश्रय नदिन अपिल गर्दै अनेरास्ववियुको नेतृत्व सम्बन्धी निक्र्योल आन्तरिक विधिबाट यथाशीघ्र हुने जानकारी गराउँदछौं ।’
त्यसैगरी, अनेरास्ववियुका उपमहासचिव कमल जोशीले विद्यार्थीमाथि गोली चल्दा नैतिकताको आधारमा अध्यक्षले सामाजिक सञ्जालमार्फत राजीनामा दिनु स्वाभाविक नैतिक कदम भएको उल्लेख गर्दै विज्ञप्ति निकालेका छन् । महासचिव दीपक धामीले दुई जना उपाध्यक्ष हुँदाहुँदै अध्यक्ष पद हडप्न खोजेको आरोप जोशीले लगाएका छन् । उनले केन्द्रीय कार्यालयमा तोडफोड गरेको दोष पनि धामीमाथि नै लगाएका छन् ।
उनले निकालेको विज्ञप्तिमा उल्लेख छ–‘पार्टी केन्द्रीय समिति सदस्यसहित थुप्रै नेताहरूले राजीनामा दिँदा पनि पार्टीले त्यसलाई अस्वीकार गरेको अवस्थामा, विद्यार्थीहरूसँग प्रत्यक्ष सरोकार राख्ने विद्यार्थी संगठनका अध्यक्षविरुद्ध कुनै कारबाही नहुँदा, आफ्नो पद र जिम्मेवारीको ख्याल नगर्ने महासचिवको रवैयाले संगठनभित्र ध्रुवीकरण बढ्दै गएको छ ।
अनेरास्ववियु विद्यार्थीहरूको विचार र आकांक्षा बोकेको संगठन हो । विद्यार्थी रगताम्य भइरहेका कठिन समयमा समेत अध्यक्षलाई षड्यन्त्रपूर्वक राजीनामा गराउने दुराशयपूर्ण प्रयासप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अनेरास्ववियुको कार्यालयमा केही व्यक्ति लगाएर फोटो तोडफोड सहित अराजक गतिविधिलाइ प्रसय दिने र मिडियामा संगठनको जीवनको आन्तरिक र अनधिकृत गतिविधि गरेकोमा महासचिव दीपक धामीलाई संगठनको विधि विधान र परिधीमा बस्न अनुरोध गर्दछु । महाधिवेशनको मण्डपबाट निर्वाचित अध्यक्षलाई अपदस्थ गरेर, दुई जना सिनियर उपाध्यक्षहरू हुँदाहुँदै संगठनको पद हडप्ने दुस्साहस नगर्नका लागि अनुरोध गर्दछौं ।
आफैंलाई सर्वोपरि ठान्ने महासचिवको स्वेच्छाचारी प्रवृत्तिले संगठनमा थप ध्रुवीकरण उत्पन्न भएकोले, हामी यथाशक्य छिटो केन्द्रीय समितिको बैठक बसेर समस्याको समाधान खोज्न आग्रह गर्दछौं । साथै, हामी अहिले पनि बलियो एकताको पक्षमा भएकाले सवै राजीनामा दिएका र मागेकाहरुलाई अनुशासित ढङ्गबाट संगठनको जिम्मेवारीमा फर्कन अपिल गर्दछु ।’
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend