काठमाडौं । राजस्वछली, तस्करी र उपभोक्ता ठगी गरेकोमा कारबाहीमा परेका गुट्खादेखि करेन्ट चाउचाउका मालिक कमलकिशोर मालपानीसँग ८ करोड रुपैयाँको डिफेन्डर गाडी उपहार लिएका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साह सामाजिक संजालमा ट्रोल छन् ।
बालेन्द्रले विवादास्पद ब्यापारी मालपानीको गाडी उपहारमा लिएको बिषयलाई ओझेलमा पार्न नेकपा (एमाले)निकट अनेरास्ववियुका पूर्वअध्यक्ष डा. सुजन कडरियालाई तान्न खोजेका छन् । सामाजिक संजालमा कडरियाले बालेन्द्रलाई गाडी दिएको बिषय भाइल पारिएको छ । तर कडरियाले भने अहिलेसम्म बालेनलाई नभेटेको र आफूसँग कुनै टेस्ला गाडी पनि नभएको प्रष्ट पारेका छन् । मेरो गाडी एएनआई भएको उल्लेख गर्दै एउटा रातो गाडीको फोटो प्रयोग गरेर नम्बर प्लेट मिल्यो भन्दै समाचार प्रकाशित गरिएकोप्रति कडरियाले आपत्ति जनाएका छन् ।
सामाजिक संजालमा कडरियाले लेखेका छन्–‘यस्ता वाहियात मिडियाको पछाडि लागेर नझुक्किनुहुन हार्दिक अपिल गर्दछु । मैले अहिलेसम्म बालेनलाई भेटेको पनि छैन । मेरो कुनै टेस्ला गाडी पनि छैन । मेरो गाडी एएनवाई (ANY) हो । एउटा रातो गाडी अगाडि मेरो फोटो राखेर नम्बर प्लेट मिल्यो भन्दै पूर्वाग्रहपूर्ण ढङ्गबाट प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
यसअघि पनि चिन्दै नचिनेको बालेनको मन्त्री बन्न अखिलबाट राजीनामा भन्ने शीर्षकमा समाचार प्रकाशन भएपछि मैले व्यक्तिगत रूपमा अत्यधिक आलोचना सहनुपरेको थियो । त्यसबाट भएको क्षति कदापि माफ हुन सक्दैन । आज यस्तै सस्तो लोकप्रियतामा चल्ने मिडियाका कारण यथार्थ बुझ्न झन् गाह्रो भएको छ ।
बालेनसँग मेरा साथीभाइहरूको सम्बन्ध छ, भन्ने त्यो नितान्त उनीहरूबीचको व्यक्तिगत सम्बन्ध हो । मेरो भाइको सम्बन्ध पनि उसको निजी मामिला हो र पारिवारिक रूपमा पनि हामी सँगै बस्दैनौँ । म बालेनलाई व्यक्तिगत रूपमा चिन्दिनँ र त्यो मेरा लागि आवश्यक पनि छैन । म सधैँ नेकपा(एमाले) र श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको समर्थक हुँ । म एमालेको कार्यकर्ता हुँ र रहनेछु ।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend