काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरियाले उम्मेदवारी दिने तयारी गरेका छन् ।
२५ जेठमा हुने २४ औं महाधिवेशनमा उनले उम्मेदवारी दिने तयारी गरेका हुन् । उनी हाल अनेरास्ववियुको संगठनको सचिव छन् ।
आफूले अनेरास्ववियुभित्रका गतिविधिमा सक्रियता जनाएको, संगठनमा सक्रिय रहेको, उपचार क्षेत्रमा सहज सेवा प्रदान गरेको, गाउँ-गाउँमा पुगेर उपचार सेवा दिएको लगायत योगदानका कारण आफू आगामी नेतृत्वका लागि योग्य उम्मेदवार भएको उनले बताए ।
आफू फरक विधामा कार्यरत रहेकाले पनि संगठनले आफूलाई टिकट दिनेमा उनी ढुक्क छन् ।
२०७३ सालमा नवीना लामा संगठनको अध्यक्ष हुँदा उनी काठमाडाैं विश्वविद्यालय अनेरास्ववियुको विद्यार्थी कल्याण परिषद्को संस्थापक अध्यक्ष थिए ।
यसैगरी, डा. कडरियाले चिकित्सा क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहेका छन्। उनीसँग नेसनल मेडिकल स्टुडेन्ट्स एसाेसिएसनका संस्थापक अध्यक्षको रूपमा काम गरेको अनुभवसमेत छ ।
उनले २०७२ को महाभूकम्पकाे समयमा सिन्धुपाल्चोकमा स्वयंसेवक भएर काम गरेका थिए। यसैगरी कोरोना महामारीको समयमा पनि धुलिखेल अस्पतालमा अहोरात्र खटिएका थिए ।
कोरोना महामारीकै बेला उनले रामेछापमा पुगेर दुई हजार सात सय बिरामीको उपचारसमेत गरेका थिए। जाजरकोटमा भूकम्प गएको बेला पनि उनी एक महिनासम्म उपचार र उद्धारमा खटिएका थिए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend