काठमाडौं । जेनजीको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वले तेस्रो पटक बिस्तार गर्न लागेको मन्त्रिपरिषदमा एक फरार अभियुक्त पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् । उनको नाम राष्ट्रपति कार्यालयमा मन्त्रीका लागि पठाइसकिएको समाचार सार्वजनिक भएको छ ।
प्रधाममन्त्री कार्कीले तेस्रो पटक ४ जना मन्त्री नियुक्त गर्न लागेकी हुन् । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा, भूमिब्यवस्था मन्त्रीमा गणपतिलाल श्रेष्ठ र युवा तथा खेलकुदमा बब्लु गुप्ताको नाम तय भएको छ ।
श्रम तथा रोजगार मन्त्रीमा प्रस्तावित खगेन्द्र सुनार फरार आरोपी रहेको खुलेको छ । सुर्खेत जिल्ला अदालतबाट उनका नाममा पक्राउ आदेश जारी भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुना अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात र अस्पताल तोेडफोड गरेको मुद्दा २०८१ असार १४ गते परेको थियो । जुन मुद्दामा २०८१ असार २१ गते सर्खेत जिल्ला अदालतले सुनारको नाममा ७ दिने पक्राउ पूर्जी जारी गरेको थियो ।
मेहलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाले दिएको मुद्दामा सुनारबिरुद्ध ७ दिने पक्राउ पूर्जी जारी भएको थियो । यदि ७ दिनभित्र पक्राउ गरी उपस्थित गराउन नसके ३५ दिने पक्राउ पूर्जी तामेल गरी तदारुकताका साथ खोजतलास गर्दै पक्राउ गर्न आदेश दिएको थियो । श्रम मन्त्री नियुक्त हुन लागेका सुनार यसअघि बैदेशिक रोजगार ब्यवसायमा समेत रहेकाले उनका बिरुद्ध बैदेशिक रोजगार बिभागमा समेत धेरै उजुरी परेको स्रोत बताउँछ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend