काठमाडौैं । मुख्यसचिव एकनारायण अर्यालदेखि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, निवर्तमान गृहमन्त्री रमेश लेखक र एमाले उपाध्यक्ष बिष्णु पौडेलका विश्वासपात्र भएकै कारण पटक–पटक आकर्षक जिल्लाको प्रमुख जिल्ला अधिकारी हुँदैआएका सहसचिव गणेश अर्याल ओमप्रकाश अर्याल गृहमन्त्री भएपछि दाजुभाइको नाता लगाएरै लाभ लिने दाउमा छन् ।
सहसचिव अर्याल लगातार रुपन्देही, पर्सा र चितवनजस्ता क बर्गका जिल्लामा कार्यबिधि बिपरीत सरुवा हुने सहसचिव हुन् । गृहमा लगातार तीन वटा क बर्गका जिल्लामा सीडीओ हुने अवसर पाउने अर्याल हुन् । त्यसपछि बासुदेव घिमिरे र भरतमणि पाण्डे हुन् । पाण्डे पछिल्ला दिनमा गृहमन्त्रालयबाटै बाहिरिसकेका छन् ।
पछिल्लो पटक लेखक र मुख्यसचिव एकनारायण अर्यालले गएको भदौ ४ गते गणेशलाई क वर्गको पर्सा जिल्लाबाट अर्को क वर्गको चितवन जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीका बिभिन्न जिल्लाका ४८ एसपीको सरुवा गरेका छन् । अब सीडीओ पनि सरुवा हुँदैछन् । सीडीओ सरुवामा गणेश अर्याल गृहमन्त्री दाजुभाइ भएकोले आफू चितवनमै थमौती हुने वा काठमाडौंमा आउने दाउमा छन् । सहसचिव गणेश अर्यालको पहाड घर गुल्मी हो । गृहमन्त्री ओमप्रकाश अर्यालको घर पनि गुल्मी नै भएकाले उनी दाजुभाइको नाता लगाएर अझ आकर्षक जिल्ला जाने दाउमा छन् ।
गणेश अर्यालले कांग्रेस र मुख्यसचिवको आशीर्वाद पाएकैले पर्साको प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालयमा सरुवा भएको १५ दिनमै चितवनको सीडीओ हुने मौका पाएका थिए । चितवनसमेत गणेश अर्याल लगातार तेस्रो क बर्गको सीडीओ हुने सहसचिवका रुपमा गृहमन्त्रालयमा चिनिन्छन् ।
पर्सामा भन्दा पहिला उनी रुपन्देहीको प्रमुख जिल्ला अधिकारी थिए । रुपन्देहीबाट पर्सा, पर्साबाट चितवनमा सरुवा हुने गृहका अति भाग्यमानीमा उनी पर्दछन् । उनी रुपन्देहीबाट काठमाडौं वा ललितपुर आउने दाउमा थिए । मुख्यसचिव अर्यालले त मिलाइसकेका थिए । तर पछि उनको सरुवा पर्सामा भएको थियो । पर्सामा हुँदा मेयर राजेशमान सिंहले सहयोग नगरेको भन्दै उनले सार्वजनिक बिरोध गरेको बिषय निकै आलोचित भएको थियो । रुपन्देहीमा हुँदा पनि अस्पतालमा भएको बिरामको मृत्युप्रकरणमा उनी विवादमा परेका थिए ।
गृहमन्त्रालयले अर्याललाई ‘प्रमुख जिल्ला अधिकारी पदस्थापन वा सरुवा गर्ने वा काज खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८० बिपरीत ‘क’ बर्गको जिल्लाबाट ‘क’बर्गकै चितवनमा खटाएको थियो ।
कार्यविधिमा ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी खटाउँदा ‘ख’ र ‘ग’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरेको प्रथम श्रेणीको अधिकृतलाई खटाउने प्रावधान छ । ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी भएकालाई ‘ख’ वर्ग वा मन्त्रालयका महाशाखा वा विभागमा जिम्मेवारी दिने कार्यविधिमा उल्लेख छ ।
अधिकृत हुँदै अकूत सम्पत्ति आर्जनमा मुद्दा
गणेश अर्यालमाथि शाखा अधिकृत हुँदै भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
तत्कालीन श्रम तथा बैदेशिक रोजगार बिभाग (हाल बैदेशिक रोजगार बिभाग) मा हुँदा उनले श्रम स्वीकृति दिने क्रममा ब्यवसायीसँग घुस लिई अकूत सम्पत्ति आर्जन गरेकोमा अख्तियारले मुद्दा चलाएको थियो । अर्यालले बहिनी गीता खरेलको नाममा सम्पत्ति राखेको भेटिएपछि अख्तियारले मुद्दा चलाएको थियो ।
सूर्यनाथ उपाध्याय अख्तियार प्रमुख हुँदा अर्यालबिरुद्ध मुद्दा दर्ता भएको थियो । विशेषबाट मुद्दा जितेपछि उनी एकपछि अर्को शक्तिकेन्द्रलाई प्रभावमा पारी आकर्षक जिल्लामा सरुवा भई आर्थिक लाभमा तल्लीन भएर लागेका छन् ।
भवानी खतिवडा अहिले निजामती सेवा ऐन निर्माणको क्रममा रहेको छ । केही सञ्चार माध्यमहरूले बेलाबखत यस सम्बन्धी समाचारहरू लेख्छन् । समाचार पनि यसरी लेख्छन् कि...
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend