काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती सेवा बिधेयकमा कुलिङ अफ पिरियडमा भएको छेडखानीका बिषयमा माओवादी र एमालेबीचमा एकअर्कामा आरोप प्रत्यारोप सुरु भएको छ ।
शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलिङ अफ पिरियडमा गडबड गर्ने प्रधानमन्त्री ओली नै भएको राष्ट्रियसभामा एमालेका पाँच सांसदले संशोधन दर्ता गराएपछि पुष्टि भएको आरोप लगाएका थिए । कुलिङ अफ पिरियड राख्ने पक्षमा एमाले नभएको र बिधेयकमा छेडखानी प्रधानमन्त्रीकै चाहनामा भएको भन्दै उनले ‘बिरालो म्याउँ’ गरेरै छाडेको उक्ति सहित ओलीमाथि छानबिन हुनुपर्ने धारणा राखेका थिए ।
नेकपा(एमाले)का सचिव योगेश भट्टराईले प्रतिवाद गर्दै कुलिङ अफ पिरियडमा भएको छेडखानीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि नै नैतिक प्रश्न उठ्ने बताएका छन् ।
एमाले नेता भट्टराईले प्रचण्ड प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदले पारित गरेको संघीय निजामती बिधेयकमा कुलिङ अफ पिरियडको ब्यवस्था नराखिएको उल्लेख गरेका छन् । एमालेले नै निजामती बिधेयकमा कुलिङ पिरियडको ब्यवस्था राखेको समेत स्मरण गराएका छन् । सांसदहरुबीच बहस भएपछि मात्र कुलिङ अफ पिरियडको ब्यवस्था बिधेयकमा राखिएकोले ओलीप्रति ब्ंयग्य गर्दा हेक्का राख्न पनि भट्टराईले सम्झाएका छन् ।
भट्टराईले सामाजिक संजालमा लेखेका छन्–तपाईंले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रम केपी ओलीलाई समेत छानबिन गर्नुपर्ने भनेर मन्तव्य दिनुभएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । निम्न विषयमा तपाईको ध्यानाकर्षण सहित जवाफको अपेक्षा गर्दछु ।
१. हामी विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नुपर्छ भन्ने पक्षमा छौं र यो विषयको संशोधन हामीले ( सांसदहरू) नै राखेका हौं । आज पनि हामी यो अडानमा कायम छौं ।
२. तपाईंले वर्तमान प्रम केपी ओलीमाथि व्यंग्य गर्नुभएछ । तपाईं कुलिङ अफ पिरियडका सम्बन्धमा ‘प्रचण्ड’ अडानमा हो भने मेरो प्रश्न छ, २०८० फागुन ११ गते संसदमा बिधेयक दर्ता भएको बेला तपाईं नै प्रधानमन्त्री हुनुहुथ्यो र तपाईंकै अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यो बिधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिएको हो । जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन । यसले स्पष्ट गर्दछ कि तपाईं कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन । आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ? सांसदहरूको संशोधन प्रस्तावपछि मात्र यो विषयको बहस शुरु भएको हो । यो तथ्यका बारेमा हेक्का रहोस् ।
३. प्रतिनिधिसभाको राज्य ब्यबस्था तथा सुशासन समितिको तपाईं वरिष्ठतम सदस्य पनि हो । जुन समितिले कुलिङ अफ पिरियड राख्ने निर्णय गरेको थियो । तर समितिको प्रतिवेदन संसदमा पेश गर्दा यो ब्यवस्थालाई तलमाथि किन गरियो ? समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठ्छ होइन र ? अनि छानबिन त तपाईंमाथि नै गर्नुपर्ने हो कि ? आफ्नै बोली आफैंलाई गलपासो नहोस् !
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend