Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • ह्याट्रिकसहित ६ विकेट लिएका सन्दीप एनपिएलको उत्कृष्ट बलिङमा दोस्रो स्थानमा


    बिहिबार, कार्तिक २७ २०८३
    25
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपिएल) को इतिहासमा उत्कृष्ट बलिङ प्रदर्शन गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्।

    बिहीबार त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सविरुद्ध सन्दीपले ह्याट्रिकसहित ६ विकेट लिएपछि यो उपलब्धि हासिल गरेका हुन्। उनले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिएका थिए। यो बलिङ फिगर सन्दीपको टी-२० को उत्कृष्ट हो। यसअघि उनको टी-२० उत्कृष्ट बलिङ फिगर ९ रन दिएर ५ विकेट लिनु थियो।

    सन्दीपले उत्कृष्ट बलिङ फिगरमा कर्णाली याक्सबाट खेलेका विलियम बोसिस्टोलाई पछि पारेका छन्। बोसिस्टोले सन् २०२४ मा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेट लिँदै २८ रन खर्चिएका थिए।

    एनपिएलको इतिहासमा अहिलेसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन भने शाहब आलमको नाममा छ। उनले सन् २०२५ मा काठमाडौं गोर्खाजबाट खेल्दै पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएर २५ रन मात्र खर्चिएका थिए।

    यससँगै सन्दीप एनपिएलमा एकै इनिङ्समा ६ विकेट लिने तेस्रो बलर बनेका छन्। तर उत्कृष्ट बलिङ फिगरका आधारमा उनी दोस्रो स्थानमा छन्।

    यस्तै सन्दीप जारी सिजन ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन्। समग्र एनपिएल इतिहासमा भने उनी ह्याट्रिक गर्ने चौथो खेलाडी हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार