काठमाडौं । नेकपा(एमाले)ले चुनावमा अनपेक्षित पराजय भोगेपछि नेतृत्व परिवर्तनको पक्षमा तलदेखि माथिसम्म आवाज बुलन्द हुन थालेको छ । नेतृत्व परिवर्तनको पक्षमा आवाज उठाउनेहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीनिकटकै नेताहरु फेक आइडी प्रयोग गरी घृणा फैलाउन लागेका छन् ।
पार्टीमा नेतृत्व परिवर्तनको पक्षमा आवाज उठाउने नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकुल बाँस्कोटालगायतका नेताहरुबिरुद्ध सरु शर्मा नामक फेक फेसबुक आईडीबाट घृणा र गालीगलौज गर्न सुरु गरिएको छ । उक्त फेसबकु आईडीबाट पाण्डे, भट्टराईसहितका नेताहरुको बिरुद्ध सामाग्री पोष्ट गर्ने क्रम केही दिनयतादेखि भइरहेको छ । जसको खुलासा आज पार्टीका उपमहासचिव योगेश भट्टराईले गरेका छन् ।
एमालेका अध्यक्ष केपी ओलीका पिताको निधन भएको र शोकको घडी भएकाले यस्तो बेलामा एकअर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिब्यक्ति अशोभनीय हुन्छ भन्दै भट्टराईले सामाजिक संजालमा लेखेका छन् । उनले पार्टीका माथिल्ला तहका नेताहरुबाट मलगायत अन्य नेताहरुको बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिब्यक्ति दिने, मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको उल्लेख गरेका छन् ।
भट्टराईले लेखेका छन्–हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओली पितृ शोकमा रहनु भएको छ । सोही कारण पार्टी सचिवालय बैठकको अध्यक्षता आफूले गर्नुभएन । उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक भएको सबैमा जानकारी नै छ । यो समय हामी सबैका लागि पनि शोकको घडी हो । यस्तो बेलामा एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ ।
यसबीचमा पार्टीका मथिल्लो तहका नेताहरूबाट म लगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको छ । शरू शर्मा नामको नक्कली फेसबुक आईडी यो काममा निक्कै सक्रिय छ ।
पार्टीको एकता जोगाउनु, पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्नु, गुमेको जनविश्वासलाई पुनः आर्जन गर्नु हामी सबै नेकपा एमालेहरूका लागि प्राथमिक महत्वको कार्यभार हो । यसका लागि उपयुक्त समयमा उपयुक्त बिधी र स्थापित प्रक्रिया मार्फ़त तथ्य र तर्क सहित छलफल र बहस गर्न जरूरी छ ।
Misinformation, Disinformation / Hait speech बन्द गरौ । फेरि पनि भन्छु आत्मभत्सर्ना होइन जमेर आत्मसमीक्षा गरौ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend