काठमाडौं । नेकपा(एमाले)ले चुनावमा अनपेक्षित पराजय भोगेपछि नेतृत्व परिवर्तनको पक्षमा तलदेखि माथिसम्म आवाज बुलन्द हुन थालेको छ । नेतृत्व परिवर्तनको पक्षमा आवाज उठाउनेहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीनिकटकै नेताहरु फेक आइडी प्रयोग गरी घृणा फैलाउन लागेका छन् ।
पार्टीमा नेतृत्व परिवर्तनको पक्षमा आवाज उठाउने नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकुल बाँस्कोटालगायतका नेताहरुबिरुद्ध सरु शर्मा नामक फेक फेसबुक आईडीबाट घृणा र गालीगलौज गर्न सुरु गरिएको छ । उक्त फेसबकु आईडीबाट पाण्डे, भट्टराईसहितका नेताहरुको बिरुद्ध सामाग्री पोष्ट गर्ने क्रम केही दिनयतादेखि भइरहेको छ । जसको खुलासा आज पार्टीका उपमहासचिव योगेश भट्टराईले गरेका छन् ।
एमालेका अध्यक्ष केपी ओलीका पिताको निधन भएको र शोकको घडी भएकाले यस्तो बेलामा एकअर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिब्यक्ति अशोभनीय हुन्छ भन्दै भट्टराईले सामाजिक संजालमा लेखेका छन् । उनले पार्टीका माथिल्ला तहका नेताहरुबाट मलगायत अन्य नेताहरुको बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिब्यक्ति दिने, मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको उल्लेख गरेका छन् ।
भट्टराईले लेखेका छन्–हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओली पितृ शोकमा रहनु भएको छ । सोही कारण पार्टी सचिवालय बैठकको अध्यक्षता आफूले गर्नुभएन । उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक भएको सबैमा जानकारी नै छ । यो समय हामी सबैका लागि पनि शोकको घडी हो । यस्तो बेलामा एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ ।
यसबीचमा पार्टीका मथिल्लो तहका नेताहरूबाट म लगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको छ । शरू शर्मा नामको नक्कली फेसबुक आईडी यो काममा निक्कै सक्रिय छ ।
पार्टीको एकता जोगाउनु, पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्नु, गुमेको जनविश्वासलाई पुनः आर्जन गर्नु हामी सबै नेकपा एमालेहरूका लागि प्राथमिक महत्वको कार्यभार हो । यसका लागि उपयुक्त समयमा उपयुक्त बिधी र स्थापित प्रक्रिया मार्फ़त तथ्य र तर्क सहित छलफल र बहस गर्न जरूरी छ ।
Misinformation, Disinformation / Hait speech बन्द गरौ । फेरि पनि भन्छु आत्मभत्सर्ना होइन जमेर आत्मसमीक्षा गरौ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend