Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • अपडेट: मकवानपुर गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, ६ जना घाइते


    बिहिबार, कार्तिक २७ २०८३
    45
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडों । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

    त्यस्तै, उक्त दुर्घटनामा परेर ६ जना घाइते भएको सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । दुर्घटनामा परेको ईभी गाडीमा चालकसहित २० जना सवार रहेको उनले बताए ।

    बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

    दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये ११ जनाको शव हेटौंडा अस्पतालमा ल्याइएको थियो भने थप तीन जनाको शव दुर्घटनास्थलबाट केहीबेर अघि फेला परेको डीएसपी थापाले बताए ।

    थप फेला परेका तीन जनाको पहिचान खुल्न बाँकी रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार