काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले देशविदेशमा रहेका एमालेजन, बुद्धिजीवीदेखि सबैलाई भर्खरै सम्पन्न निर्वाचनमा कमजोर परिणाम आउनुका कुन कुन कारण हुनसक्छन्, त्यसको बारेमा सुझाव तथा टिप्पणी पठाउन अनुरोध गरेका छन् ।
सामाजिक संजालमा उनले देश तथा प्रवासमा रहेका नेकपा एमालेका शुभेच्छुक, बुद्धिजीवी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्बोधन गर्दै त्यस्तो सुझाव पठाउन आग्रह गरेका छन् ।
एमाले किन हार्यो ? नीति, नेतृत्व, संगठन, व्यवहार, कार्यशैली, व्यवस्थापन, एजेन्डा, प्रचार आदि आन्तरिक र बाह्य कारणहरू के के हुन् उल्लेख गरी पठाउन आग्रह गरेका छन् । उनले त्यस्ता सुझाव इमेल र ह्वाट्सएपमा पठाउन अनुरोध गरेका छन् ।
भट्टराईलेले सामाजिक संजालमार्फत् सुझाव माग्दै लेखेका छन्–२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको छ । निर्वाचनको परिणामले एमालेलाई ठूलो धक्का लागेको छ । नेकपा एमाले जस्तो लोकप्रिय, बलियो जनआधार र सुदृढ संगठन भएको पार्टी किन यस्तो अवस्थामा पुग्यो ? यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्दछ । समीक्षा आग्रहभन्दा माथि उठेर गरिनुपर्दछ ।
फेरि पनि एमालेको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्पका साथ अघि बढ्नुपर्दछ । समीक्षामार्फत् जिम्मेवारी किटान गर्नुका साथै जवाफदेहिताको प्रश्न समाधान हुनेछ । यसका लागि निम्न विषयमा राय, सुझाव तथा टिप्पणी पठाउन अनुरोध गर्दछु ।
१. निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुमा कुन–कुन कारणहरू होलान् ? किन ? (नीति, नेतृत्व, संगठन, व्यवहार, कार्यशैली, व्यवस्थापन, एजेन्डा, प्रचार आदि) आन्तरिक र बाह्य कारणहरू उल्लेख गर्नुहोस् ?
२. एमालेको रूपान्तरणका लागि कुन–कुन पक्षमा के–के सुधार गर्नुपर्ला ? सुधारका प्रस्तावहरूसहित रूपान्तरणको विधि र प्रक्रियाबारे सुझाव दिनुहोस् ।
३. एमालेका सबल र कमजोर पक्षहरू तथा यसको सम्भावना के–कस्तो देख्नुहुन्छ ?
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend