Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • भीमफेदी ईभी गाडी दुर्घटनामा ज्यान गुमाउने ११ जनाको पहिचान खुल्यो, ५ जना एकै घरका 


    बिहिबार, कार्तिक २७ २०८३
    20
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटनामा मृत्यु भएका ११ जनाको पहिचान खुलेको छ ।

    दुर्घटनामा मृत्यु हुनेमा गाडीका चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ का करिब ३० वर्षीय रविशंकर कुमार मण्डल रहेका छन् ।

    त्यस्तै, सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, उनका छोरीहरू १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दीक्षा यादव र ५ वर्षीया दीपिका यादवको पनि मृत्यु भएको छ ।

    यसैगरी, सोही स्थानका करिब ३५/३६ वर्षीय गुड्डु यादव, उनकी श्रीमती ३०/३२ वर्षीया गायत्री देवी, २५/२६ वर्षीय राम दुलार यादव, २४/२५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा एकै गाउँका परिवार तथा आफन्तले ज्यान गुमाउनुपरेको छ । काठमाडौंबाट सर्लाही छठ मनाउन घर फर्किदै गरेका सर्वसाधारण सवार यात्रुवाहक सवारीसाधन मकवानपुरको भीमफेदीमा दुर्घटना भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार