Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • वीरगञ्ज कारागारबाट पर्खाल नाघेर फरार कैदी भारतबाट पक्राउ


    बिहिबार, कार्तिक २७ २०८३
    25
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । वीरगञ्ज कारागारबाट पर्खाल नाघेर फरार भएका एक कैदीलाई प्रहरीले पाँच घण्टाभित्रै भारतबाट पक्राउ गरेको छ।

    बिहीबार बिहान कारागारबाट भागेका सुनिल साह तुरहालाई विशेष प्रहरी टोलीले भारतको आदापुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

    पर्साको पोखरिया क्षेत्रका तुरहा जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई विगत ११ वर्षदेखि वीरगञ्ज कारागारमा कैद सजाय भोग्दै आएका थिए।

    प्रहरीका अनुसार उनी बिहान कारागारको पर्खाल नाघेर फरार भएका थिए। फरार भएको जानकारी पाएलगत्तै खोजीमा परिचालित विशेष टोलीले भारतीय सीमावर्ती क्षेत्रमा पुगेर उनलाई नियन्त्रणमा लिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार