काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले लोकतान्त्रिक ब्यवस्थामा राज्य र सरकार आक्रमक होइन संयम हुनुपर्ने बताएका छन् । उनले प्रतिशोध र बदला होइन, संवाद र सहकार्यको बाटोमा जानुपर्दछ भन्ने कुरामा जोड दिएका छन् ।
भट्टराईले कानुनी राज्य र बिधिको शासनको उपहास गर्दै गिरफ्तार गरिएका एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल रिहाइको माग गरेका छन् । उनले घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने बताएका छन् ।
सामाजिक संजालमा भट्टराईले लेख्छन्–लोकतान्त्रिक ब्यवस्थामा राज्य र सरकार आक्रमक होइन संयम हुनुपर्दछ । प्रतिशोध र बदला होइन, संवाद र सहकार्यको बाटोमा जानु पर्दछ ।
कानूनी राज्य र बिधिको शासनको उपहास मान्य छैन ।
घटनाको न्यायीक, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ ।
हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु । अविलम्ब रिहाईको माग गर्दछु ।
जनताबाट प्राप्त जनादेशको दुरुपयोग नहोस्, सरकारको ध्यानाकर्षण गर्दछु ।
हाम्रो पार्टीले कानूनी र राजनीतिक बाटो लिनुपर्दछ । संयम र धैर्यताकासाथ एकताबद्ध भएर प्रतिकूल परिस्थितिको सामना गरिनेछ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend